पखेरका रसिला सुन्तला, फुलवारीमै पुग्नथाले व्यापारी (फोटो कथा)

  • १५ मंसिर २०७६, आईतवार
  • 3548 पटक पढिएको

तारा बानियाँ
बावियाचौर, १५ मङ्सिर । म्याग्दीको मंगला गाउँपालिका– ३ पखेरका स्थानियले गरेको सुन्तला खेती । ७० घरधुरीको बसोबास रहेको पखेर सुन्तला उत्पादनको पकेट मानिन्छ । यहाँका करिब दुई दर्जन बढी घरधुरीमा व्यवसायिक सुन्तला खेति गरिएको छ । अहिले यहाँका बोटमा लटरम्म सुन्तला फलेको छ । यहाँका कृषकको फुलवारीबाटै सुन्तला विक्रि हुन थालेका छन् ।

पोखराबाट आएका व्यवसायिहरुले बोटबाटै सुन्तला प्रतिकिलो रु ५० मा खरिद गर्न थालेको कृषकहरुको भनाई छ । यहाँका सुन्तला रसिलो हुने भएकाले बजारको अभाब नभएपनि बनजंगल नजिकै रहेको कारण जंगली जनावर बाँदर, बनखरायो लगायतको कारण खेति संरक्षणमा चुनौति थपिएको छ ।

जंगली जनावरबाट सुन्तला जोगाउन स्थानीयले हेरालो नै राख्नुपर्ने बाध्यता रहेको स्थानीय कृषक रनबहादुर घर्तिले बताए । सुन्तला खेतिमा सिचाँइको समेत अभाब रहेको कृषकहरुको भनाई छ । अहिले सुन्तला खेती गरेका कृषकहरुको बगैचामा मंगला गाउँपालिकाको कृषि शाखाले बगैचामै पुगेर बगैचा व्यवस्थापन र बोट काँटछाटमा कृषकहरुलाई सहजिकरण गर्न थालेको छ ।

यो क्षेत्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत रहेको सुन्तला जोनमा समेत समेटिएको छ ।