बागलुङमा मतगणना सुरु,प्रारम्भीक मतपरिणाममा काँग्रेस र बाम गठबन्धनकाे कडा प्रतिस्पर्धा

  • १५ मंसिर २०७६, आईतवार
  • 2177 पटक पढिएको

बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा उपनिर्वाचनकाे मतगणना सुरु भएको छ । बिहान ११ः३० बजेदेखि सुरु हुने भनिएको मतगणना गर्न एक घण्टा ढिलो हुँदै १२ः३० बजे ढाेरपाटन नगरपालिका १ बाट मतगणना सुरू भएकाे हो ।  पछिल्लो मतपरिणाम अनुसार काङ्ग्रेसको अग्रता रहेकाे छ। कुल २२४६ मत गणनामा  नेपाली काङ्ग्रेसका – जित बहादुर शेरचन – १०५५ , राष्ट्रिय जनमोर्चाका – खिम बिक्रम शाही – १०४६ , समाजबादी पार्टी – अशोक कुमार बि.क. ७८ ,स्वतन्त्र –क्लिप १४ ,स्वतन्त्र ब्लब ६ ,राप्रपा संयुक्त १० , घर ३, खुकुरी १  र बदर ३२ मत रहेकेा छ । 

उपनिर्वाचनको लागि सत्तारूढ नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली कांग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट नीमबहादुर भण्डारी उम्मेदवार छन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी उम्मेदवार छन्।

स्वतन्त्र उम्मेदवार घर्तीले वत्तव्य मार्फत उम्मेदवारी फिर्ता लिए पनि उनको चुनाव चिन्ह क्लिप छ । जसमा केही समूहले फरक जिल्लाको मागसहित उक्त चिन्हमा मत मागेको छ। प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।