१८ औँ जेसीजकपको उपाधी वेष्ट प्वाइन्टको पोल्टामा (फोटो फिचर)

  • १४ मंसिर २०७६, शनिबार
  • कमल खत्री
  • 2672 पटक पढिएको

कमल खत्री
म्याग्दी १४ मंसिर । बेनीमा शनिवार सम्पन्न नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाइन्ट आवसीय माविले हात पारेको छ । बुद्ध एकेडेमीलाई १ का विरुद्ध ८ गोल गर्दै फराकिलो गोल अन्तरले वेष्ट प्वाइन्ट बिजयी हुन सफल भएको हो ।


वेष्ट प्वाइन्टको जितको लागि मनिस श्रेष्ठ र अमृत तामाङले ३/३ गोल, आदित्य विक र निसान गौचनले १/१ गोल गरेका थिए भने बुद्धका नेत्र हुमेनले सान्त्वना गोल गरेका थिए । जेसीजकप फुटवलमा वेष्ट प्वाइन्टले लगातार तीन बर्षसम्म प्रतियोगिताको उपाधी हात पार्दै रनिङ शिल्ड पच गराउन सफल भएको छ भने बुद्ध पहिलो पटक उपाधीका लागि फाइनल सम्म पुगेको हो ।


प्रतियोगितामा बिजेता बनेको वेष्ट प्वाइन्टलाई नगद रु ५१ हजार सहित रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरि उप–बिजेता बुद्धलाई नगद रु ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको छ ।


प्रतियोगितामा अनुशासित टिम घोषित केवि एकेडेमि दरबाङलाई नगद रु ७ हजार ७७७ पुरस्कार उपलब्ध गराईएको छ । प्रतियोगिता अवधिभर १२ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका वेष्ट प्वाइन्टका मनिस श्रेष्ठ, उत्कृष्ट गोलरक्षक सोही विद्यालयका सज्जन बराईली, उत्कृष्ट डिफेन्डर तेजिन घर्तिमगर,उत्कृष्ट मिडफिल्डर आदित्य विक, उत्कृष्ट खेलाडी घोषित बृद्धका नेत्र हुमेन, उत्कृष्ट स्टाईगर बेनी सामुदायिकका बिजय छिनाल र राईजिङ प्लेयर घोषित गौतम केसी र उत्कृष्ट प्रशिक्षक वेष्ट प्वाइन्टका दिपेन राईलाई जनही नगद रु २ हजार ५ सयको साथमा मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा बिजेता र उपबिजेता खेलाडीहरुलाई म्याग्दी जेसिजका शाखा अध्यक्ष खम थापा, पूर्व राष्ट्रिय अध्यक्ष धनन्जयकुमार श्रेष्ठ, मुल संयोजक हरि भण्डारी लगायत शाखाका पूर्व अध्यक्षहरु लगायतले पुरस्कार वितरण गरेका थिए । विद्यालय स्तरमा हुने प्रतियोगितामा जिल्लामै लोकप्रिय बनेको यस प्रतियोगितामा म्याग्दीका विभिन्न २० विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर/रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको थियो । यस प्रतियोगितालाई म्याग्दी जेसिजले आर्थिक संकलन गरि निरन्तरता दिँदै आएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l