म्याग्दी समाचार
रुममा कुटपिटबाट लघुवित्तका कर्मचारी घाइते
- 5 बर्ष, 9 महिना अगाडि
- २० भाद्र २०७६, शुक्रबार
बेनी २० भदौ । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बिहीबार अज्ञात समूहको कुटपिटबाट लघुवित्त संस्थाकी कर्मचारी घाइते भएकी छिन् । घाइते भएकी नेष्डो नेपाल लघुवित्त कम्पनीको दरवाङ शाखाकी कर्मचारी शुष्मा क्षेत्रीलाई हेलीकप्टरबाट पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार रुममा बचत उठाएर दरवाङ फर्कने क्रममा क्षेत्रीलाई बेली... पुरा पढ्नुहोस
धार्मिक गुरुहरुलाई अभिमुखीकरण
- 5 बर्ष, 9 महिना अगाडि
- २० भाद्र २०७६, शुक्रबार
बेनी, २० भदौ । प्लान इन्टरनेशनलको सहयोग र सिविन नेपाल म्याग्दीको आयोजनामा बिहीबार बेनीमा धार्मिक गुरुहरुका लागि लैङ्गिक हिंसामा आधारित देवानी र फौजदारी संहिताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गलत धार्मिक मान्यताका कारणले हुने लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा बेनीका मन्दिर, शिवालय, मञ्जिद, चर्च... पुरा पढ्नुहोस
पुनःनिर्माण हुँदै गरेको ताकमकोत यस्तो देखियो (फोटो फिचर)
- 5 बर्ष, 9 महिना अगाडि
- २० भाद्र २०७६, शुक्रबार
गोपाल आचार्य ताकम, २० भदौ । धवलागिरी गाउँपालिका–७ स्थित ऐतिहाँसिक ताकमकोत जगन्नाथ अन्नपूर्ण मन्दिर पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मुल मन्दिर निर्माण सकिएपछि बिहीबार धार्मिक बिधी अनुसार जगन्नाथको मुर्ति प्राण प्रतिष्ठा गरिएको छ । पुननिर्माणका लागि मन्दिरका मुर्ति र कोतघरका हतियार नजिकैको सत्तलमा राखिएको थियो । बाजागाजा र क्षमापुजा... पुरा पढ्नुहोस
नबौ माउन्ट कप भलिबल प्रतियोगिताको तयारी पुरा
- 5 बर्ष, 10 महिना अगाडि
- १९ भाद्र २०७६, बिहीबार
बेनी, १९ भदौ । माउन्ट एभरेष्ट आवासीय माविको जुनियर रेडक्रस सर्कलको आयोजनामा शुक्रबारदेखि सुरु हुनै नबौ माउन्ट एभरेष्ट कप छात्र छात्रा भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजकले विहिबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सबै तयारी सकिएको जनाएका हुन् । कक्षा ८ देखि १२... पुरा पढ्नुहोस
स्वास्थ्य कार्यालयको घुसकाण्ड : भरत आचार्य दम्पती नै अख्तियारको हिरासतमा
- 5 बर्ष, 10 महिना अगाडि
- १९ भाद्र २०७६, बिहीबार
म्याग्दी १९ भदौ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको घुसकाण्डले फरक मोड लिएको छ । आफुले पेश्की लिएको कार्यक्रम फस्यौट गराउँदा तत्कालिन कार्यालय प्रमुख सहितले घुस मागेको भन्दै अख्तियारको शरणमा पुगेका कार्यालयका हेल्थ असिस्टेन्ट अधिकृत भरत आचार्य आफै अख्तियारको छानविनको घेरामा परेका हुन् । भरतसंगै स्वास्थ्यमै कार्यरत उनकी पत्नी राधिका आचार्यलाई... पुरा पढ्नुहोस
गलेश्वरमा डेङ्गु सम्बन्धी सचेतनामुलक कार्यक्रम
- 5 बर्ष, 10 महिना अगाडि
- १९ भाद्र २०७६, बिहीबार
बेनी, १९ भदौ । बेनी नगरपालिका, ९ गलेश्वरमा बिहीबार डेङ्गु रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । गलेश्वर बहुउद्देश्यिय सहकारी संस्थाको आयोजनामा सहकारीका पदाधीकारी, सेयर सदस्य र बजारबासीहरुलाई डेङ्गु रोगको लक्षण, लाग्ने कारण र बच्ने उपायको बारेमा जानकारी गराइएको हो । रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक शिवप्रसाद पाण्डेले अभिमुखीकरण गर्नुभएको... पुरा पढ्नुहोस
बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा
- 5 बर्ष, 10 महिना अगाडि
- १९ भाद्र २०७६, बिहीबार
बेनी, १९ भदौ । अन्तराष्ट्रिय सामाजिक संस्था रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा बिहीबार बेनी स्थित म्याग्दी बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले नेपाल बाल संगठनद्धारा सञ्चालीत बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई कापी, कलम, ज्यामीति बक्स र कम्बल वितरण गरेको... पुरा पढ्नुहोस
लेखफाँटको ग्रामप्रकाश माविमा भवन निर्माण
- 5 बर्ष, 10 महिना अगाडि
- १९ भाद्र २०७६, बिहीबार
बेनी, १९ भदौ । जलजला गाउँपालिका–५ लेकफाँटमा रहेको ग्राम प्रकाश माविको कक्षा कोठा भवन निर्माण भएको छ । ४३ लाख तीस हजार २०४ रुपैयाँको कुल लागतमा दुई तले चार कोठे भवन निर्माण भएको हो । भुकम्प प्रतिरोधी क्षमताको सुबिधासम्पन्न भवन निर्माण भएपछि पठनपाठन सहज हुने अपेक्षा गरिएको छ । तत्कालीन... पुरा पढ्नुहोस
पाखापानीको उपल्लो ठूलो खोलामा झोलुङ्गे पुल निर्माण (फोटो फिचर)
- 5 बर्ष, 10 महिना अगाडि
- १९ भाद्र २०७६, बिहीबार
बेनी, १९ भदौ । रघुगंगा गाउँपालिका–६ ठाखानीको उपल्लो ठूलो खोला झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु)को प्राबिधिक र गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको पुलको मंगलबार वडा अध्यक्ष मनकुमार शेरपुजाले उद्घाटन गर्नुभयो । यो पुलले ठाडाखानी, दुख, बिमका बासिन्दाका साथै धार्मिक पर्यटकीय स्थल मालिका जाने आउने... पुरा पढ्नुहोस
मंगलाघाटमा निर्वाचन कार्यालयको भवन निर्माण
- 5 बर्ष, 10 महिना अगाडि
- १८ भाद्र २०७६, बुधबार
बेनी, १८ भदौ । बेनी नगरपालिका–७ मंगलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ । निर्वाचन आयोगले करिब पौने दुई करोड रुपैयाँको लागतमा तीन तले नौ कोठे भवन निर्माण गरेको हो ।भुकम्प प्रतिरोधी क्षमताको अपाङ्ग मैत्री भवन निर्माणका लागि मसुद–बिएन–त्रिशक्ति जेभीले भ्याट बाहेक एक करोड ६४ लाख १४... पुरा पढ्नुहोस