जलविद्युत विकासको आधार : कालीगण्डकी प्रशारण लाईन कहिले ? (फाेटाे फिचर)

  • २४ फाल्गुन २०७६, शनिबार
  • 2503 पटक पढिएको

धिरन खत्री
म्याग्दी २४ फागुन । म्याग्दी र मुस्ताङमा जलविद्युतको विकासको आधार तयार तयार हुन थालेको छ । यस क्षेत्रमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका निम्तीे कालीगण्डकी प्रशारण करिडोर अन्तर्गतको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन निर्माण गर्न लागिएको छ । निर्धारित समयमा आयोजनाको काम सम्पन्न नभएपनि अहिले यस आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । लक्ष्य भन्दा निकै ढिला भैसक्दा समेत आयोजनाको कामले पूर्णता पाउन नसकेपछि यस क्षेत्रमा निर्माण भएका र निर्माणधिन जलविद्युत आयोजनाहरु प्रशारण लाईनको प्रखाईमा बसेका छन् ।

प्रशारण लाईनको टावर र तार तान्ने कामसंगै अन्नपुर्ण गाउँपालिका– ३ दानामा सब स्टेशन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सवस्टेशन निर्माणको काम लगभग ९० प्रशित काम सम्पन्न गरिसकेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो । दानामा सवस्टेशन निर्माण, टावर निर्माण र तार तान्ने काम अन्तिम चरण्मा पुगेको आयोजनाका प्रमुख घोषले बताउनुभयो । एकमहिना भित्र दाना सवस्टेशनमा विधुत परिक्षणका लागि पुर्वाधार तयार हुने आयोजनाले जनाएको छ ।

यद्यपी एक मिहनाभित्रैमा आयोजनाको काम सम्पन्न हुने अबस्था भने अझै देखिएको छैन् । आयोजनाको नेतृत्वबाट समुदायबाट आएका केहि विवादलाई देखाएर आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती गरि निर्माण कार्यलाई पछि थकेलेको आरोप समेत लागेको छ । सन् २०१८ को नोभेम्बरमा नै सम्पन्न गर्ने लक्ष्य रहेपनि विभिन्न ठाउँमा भएको अवरोधले आयोजनामा टावर र सबस्टेशन निर्माणमा विभिन्न समयमा म्याद थपेर निर्माण कार्यलाई अघि बढाईएको छ । जलविद्युत विकासको प्रमुख आधार मानिएको प्रशारण लाइन निर्माणको क्रममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा समस्या समाधान भएर काम तिव्र रुपमा अघि बढेको छ । अहिले दुई वटा टावरमात्र निर्माण कार्य बाकी रहेको आयोजनाका प्रमुख घोषले बताउनुभयो ।

दानादेखि खुर्कोटसम्मको ३९ किलोमिटर दूरीमा रहेका ११० वटा टावरमध्ये २ वटाबाहेक अन्य निर्माण भइसेकेको र तार तान्ने कामपनि अन्तिम चरणमा पुगेको छ । पोखरेवगर र रातोपानीमा प्रशारण लाइनमा अबरोध सिर्जना भएपछि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको आयोजना प्रभावित स्थानीय, जनप्रतिनिधि, आयोजना, एशीयाली विकास बैँक र परियोजना सुपरिवेक्षण परामर्शदाताका प्रतिनिधिहरुबिच बृहत छलफलपछि समस्या समाधान भएर काम तिव्रत रुपमा अघि बढेको छ ।


नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत सन् २०१६ को मेदेखि शुरु गरेको दाना– खुर्कोट प्रशारण लाइन र सवस्टेशन निर्माण काम भएरहेको छ । सवस्टेशन र प्रसारण लाइन बनाउन करिब २ अर्ब ७५ करोड रुपैयाँमा जेभी टाटा एण्ड चिन्ट ईलेक्ट्रीक कम्पनीले ठेक्का सम्झौता गरेको थियो । विद्युत प्राधिकरणले दाना–खुर्कोट प्रशारण लाइनलाई नवलपरासीको बर्दाघाट सम्म पु¥याउने गरि १४३ किलोमिटर लामो कालिगण्डकी कोरीडोर प्रशारण आयोजनालाई खण्ड÷खण्डमा निर्माण कार्य अघि बढाएको छ ।

चैतभित्र काम पूर्ण रुपमा निर्माण कार्यलाई सम्पन्न गरेर एकमहिनापछि विजुली टेस्ट गर्ने लक्ष रहेको आयोजनाले बताएपनि सवस्टेशन निर्माण हुने दानाका स्थानीयबासीले भने भौतिक प्रगति ७५ प्रतिशत भन्दा बढी नभएको बताएका छन्। कालिगण्डकी करिडोरको यस प्रशारण आयोजना निर्माणमा ढिलाई हुँदा प्राविधिक परिक्षण सफल भएको घलेम्दीखोला जलविद्यूतबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय प्रशारणमा जोड्न सकेको छैन् । त्यस्तै ४२ मेगावाटको मिस्त्रीखोलाको निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको छ ।

१४ मेगावाटको घारखोला, १०० मेगावाटको निलगिरी र निलगिरी क्यास्केट निर्माणाधिन अवस्थामा छन् । त्यस्तै रघुगंगा गाउँपालिकामा ४० मेगावाटको सुरुङ निर्माण कार्य भइरहेको छ । भने अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, ६२ मेगावाटको निलगिरी, ३८ मेगावाटको निलगिरी क्यास्केट निर्माण कार्य सुरु गरेका छन् । म्याग्दीमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारण लाईनसंग जोड्नका लागि प्रशारण लाइन र सबस्टेशन निर्माण समयमै सम्पन्न गर्नका लागि सरोकारवालाहरुले समस्या समाधानतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।