म्याग्दी समाचार

ज्ञानप्रकाशका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  बेनी, १६ भदौ । अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको ज्ञानप्रकाश माविका विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । द चाइना फाउण्डेशन पोभर्टी नेपाल र सफा सुनौलो नेपालको सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको हो । बालकक्षा देखि ५ कक्षा सम्मका २५९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको प्रअ शान्तबहादुर नेपालीले... पुरा पढ्नुहोस

पत्रकार बन्न परीक्षा पास गर्नुपर्ने प्रस्ताव

म्याग्दी १६ भदौ  । जो व्यक्ति पनि पत्रकार बनेर हिँड्न पाउने कि नपाउने ? पत्रकार बन्नका लागि कुनै योग्यता र मापदण्ड चाहिदैन ? यो प्रश्न समाजमा उठिरहेका बेला कानुनमै पत्रकारको योग्यता तोक्न सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् । आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद... पुरा पढ्नुहोस

म्याग्दीमा डेङ्गु भित्रन नदिन सतर्कता

सन्तोष गौतम बेनी, १६ भदौ । म्याग्दीमा डुङ्गु रोग भित्र्न नदिनका लागि सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको जनप्रतिनिधि, सुरक्षा अधिकारी र स्वास्थ्यकर्मी लगायतको बैठकले डेङ्गु भित्र्न नदिनका लागि सतर्कता अपनाउने निर्णय गरेको छ । छिमेकी कास्की, पर्वत र बागलुङमा डेङ्गुका बिरामी भेटिएका छन् । म्याग्दीमा... पुरा पढ्नुहोस

नागीमा भेटिएकी बेवारिसे महिलाको आफन्तको खोजी

बेनी, १६ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा एक बेवारिसे महिला भेटिएकी छिन् । जलजला गाउँपालिकाको फलामेडाँडा हुदै आइतबार नागी पुगेकी अन्दाजी ३०–३५ वर्षकी ति महिलालाई स्थानीयबासीले आश्रय दिएका छन् । परिचय, नाम, ठेगाना बताउन नसक्ने, मानसिक अवस्था ठिक नभएकी महिलाको बारेमा प्रहरीलाई जानकारी गराएको र आफन्तको खोजी गरिएको स्थानीय... पुरा पढ्नुहोस

भिम माविमा पुस्तकालय भवन निर्माण

  देविस्थान १६ भदौ । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माविमा पुस्तकालय भवन निर्माण भएको छ । पहार ट्रस नेपालको अनुदान र समुदायको श्रमदान गरि कुल १८ लाख रुपैयाँको लागतमा एक कोठे भवन निर्माण भएको हो । संस्थाले १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीयबासीबाट तीन... पुरा पढ्नुहोस

विद्यालयलाई दुई लाख साठी हजार रुपैयाँ सहयोग

सिजन रोका बाबियाचौर, १५ भदौ । मंगला गाउँपालिका–५ किमचौरमा रहेको बिष्णु राष्ट्रिय आधारभूत विद्यालयलाई दुई लाख साठी हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । मंगला–५ पिपलबोटका बिरेन्द्र बुढाथोकीले दुई लाख, मंगला–३ पखेर घर भई हाल बेलायत बस्नुहुने हर्कराज रोकाले पचास हजार ५५ र मंगला–४ थर्पु घर भई हाल बेलायत... पुरा पढ्नुहोस

पुस्तकालय दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

म्याग्दी १५ भदौ । १२ औँ पुस्तकालय दिवसको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाको आयोजनामा मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । ‘पठन संस्कृतिको पूर्वाधारः पुस्तकालयको विकास र विस्तार’’ बिषयक निबन्ध लेखन प्रतियोगितामा गाउँपालिकाभित्र रहेका ७ वटा मावि विद्यालयका १४ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा जनता माविका कल्पना... पुरा पढ्नुहोस

दुखुखोलामा दशकपछि बन्यो पुल

  म्याग्दी, १५ भदाैँ । मङ्गला र मालिका गाउँपालिकाको सिमाना दुखुखोलामा करीब एक दशकपछि मोटर चल्ने पुल निर्माण भएको छ । बेनी–दरवाङ सडक अन्तर्गत दुखु खोलामा सो पुल निर्माण गर्न नौ वर्ष लागेको हो । गलत डिजाइन र व्यवसायीको ढिलासुस्तीका कारण पुल नबन्दा जोखिम लिएर खोला वारपार गर्नुपर्ने बाध्यता थियो... पुरा पढ्नुहोस

पुस्तकालय दिवसको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण

म्याग्दी १५ भदौ ।  १२ औँ पुस्तकालय दिवसको अवसरमा बेनीमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयले बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालय र बेनी सामुदायिक माध्यमिक विद्यालयका २÷२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रकाश माविका दिनेश विक र यसोदा... पुरा पढ्नुहोस

प्रगतिशिल सहकारीको साधारणसभा सम्पन्न

बेनी, १५ भदौ । मंगला गाउँपालिका– कुहुँमा रहेको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।संस्थाले गत आर्थिक वर्ष २०७५/७६ मा चार करोड ४४ लाख बीस हजार ४९२ रुपैयाँ बराबरको कारोबार गरेर साधारणसभामा जानकारी गराइएको थियो । संस्थाका कोषाध्यक्ष बिष्णुमाया पुनले दुई... पुरा पढ्नुहोस