म्याग्दी समाचार
बेनीबाट १२ जना जुवाडे प्रकाउः अनुसन्धानका लागि भन्दै नाम खुलाउन प्रहरीद्धारा अस्विकार
- 6 बर्ष, 1 महिना अगाडि
- ८ मंसिर २०७६, आईतवार
म्याग्दी, ८ मंसिर । सदरमुकाम बेनीबाट तास खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले १२ जना जुवाडे प्रकाउ गरेको छ । बेनीको पिपलचोक र मंगलाघाटका दुई घरबाट तास खेलिरहेको अवस्थामा प्रहरीको टोलीले १२ जना जुवाडेलाई प्रकाउ गरेको हो । पिपलचोकबाट ८ जना र मंगलघाटबाट ४ जना प्रकाउ प्रहरी टोलीले ... पुरा पढ्नुहोस
खाद्य र पोषणमा रैथाने बालीको महत्व
- 6 बर्ष, 1 महिना अगाडि
- ८ मंसिर २०७६, आईतवार
म्याग्दी ८ मंसिर । खाद्य र पोषण सुरक्षामा रैथाने बालीको महत्वपूर्ण भूमिका रहने एक कार्यक्रमका सहभागिले बताएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा खाद्य र पोषण सुरक्षाका लागि स्थानीय जातका बालिको प्रर्वद्धन, संरक्षण र उपभोगमा जोड दिइएको थियो । केन्द्रले महिला स्वास्थ्य स्वमसेविका, कृषि प्राबिधिक... पुरा पढ्नुहोस
मानवसेवा आश्रम पोखराद्धारा म्याग्दीबाट ४ जनाको उद्धार
- 6 बर्ष, 1 महिना अगाडि
- ८ मंसिर २०७६, आईतवार
म्याग्दी, ८ मंसिर । मानव सेवा आश्रम पोखराद्धारा म्याग्दीबाट चार जना मानिसको उद्धार गरेको छ । मानसिक सन्तुलन गुमाएका ४ जनाको उद्धार गरेको हो । धौलागिरि गाउँपालिका–३ मुना फलिया गाउँकी ९ बर्षिय सुस्मीता विक, अन्नपुर्ण गाउँपालिका–४ नारच्याङका २६ बर्षिय गणेश पुर्जा, सोही ठाउँकी ५२ बर्षि मतिकला गर्वुजा र सदरमुकाम बेनीमा... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न
- 6 बर्ष, 1 महिना अगाडि
- ८ मंसिर २०७६, आईतवार
म्याग्दी, ८ मंसिर । जिल्लाको धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा शनिबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले बिनियोजन बजेट स्विकृत, ऐन तथा नियमावली, बजेट तथा कार्यक्रम अनुमोदन र विविध विषयमा निर्णय गरेको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । चार करोड बाँडफाँड गाउँसभाले गत... पुरा पढ्नुहोस
छाप्रोमा बस्दै आउनुभएकी बृद्ध हिरामतीलाई लायन्स क्लब बेनी पिस सिटीको घर उपहार (फोटो फिचर)
- 6 बर्ष, 1 महिना अगाडि
- ७ मंसिर २०७६, शनिबार
कमल खत्री म्याग्दी ७ मंसिर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको उपल्लोचौरमा छाप्रोमुनी बस्दै आउनुभएकी हिरामती कामीलाई लायन्स क्लब अफ बेनी पिस सिटीले घर उपहार दिएको छ । सामाजिक कार्यमा क्रियाशिल रहेको क्लबको अगुवाईमा आर्थिक संकलन गरि स्थानीयबासी र वडा कार्यालयको समेत सहयोगमा ९१ बर्षिय कामीको लागि घर निर्माण गरिएको हो... पुरा पढ्नुहोस
पब्लिक भिजन केवलको साधारणसभा
- 6 बर्ष, 1 महिना अगाडि
- ७ मंसिर २०७६, शनिबार
म्याग्दी,७ मंसिर । पब्लिक भिजन केवल नेटवर्क सहकारी संस्थाको एघारौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।सदरमुकाम बेनीमा शनिबार सम्पन्न भएको साधारणसभामा बोल्ने बक्ताले डिजिटल सिस्टममा रुपान्तरीत भएपनि केवल नेटवर्क संस्थालाई दिनप्रतिदिन चुनौती थपिएको बताएका थिए । साधारणसभाको उद्घाटन गदैं ज्येष्ठ सदस्य अंगत श्रेष्ठले केवल नेटवर्कमार्फत ग्रामिण क्षेत्रसम्म सूचना प्रवाहमा... पुरा पढ्नुहोस
गरिमा विकास बैंकको १३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान
- 6 बर्ष, 1 महिना अगाडि
- ७ मंसिर २०७६, शनिबार
म्याग्दी, ७ मंसिर । गरिमा विकास बैंक म्याग्दी शाखाको आयोजनामा शनिबार सदरमुकाम बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले १३औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा जिल्लास्थित व्यापारी, बैंकका सञ्चालक तथा कर्मचारी, सर्वसाधारण सहभागि भएका थिए । बैंकले हरेक वर्षको वार्षिकोत्सवको... पुरा पढ्नुहोस
प्राङ्गारिक र रैथाने बाली संरक्षणमा जोड
- 6 बर्ष, 1 महिना अगाडि
- ७ मंसिर २०७६, शनिबार
म्याग्दी ७ मंसिर । म्याग्दी र मुस्ताङ जिल्लामा प्राङ्गारिक रुपमा रैथाने बाली संरक्षणमा कृषि प्रर्वद्धन कार्यक्रममा जोड दिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले रासायनिक मल र विषादीको प्रयोग न्युनीकरण गर्दै प्राङ्गगारिक रुपमा रैथाने बाली संरक्षणमा जोड दिदै बजेट विनियोजन गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोईरालाले बताए ।... पुरा पढ्नुहोस
सुन्तलामा औँसाको प्रकोपः ‘बोटबाटै सुन्तला झर्न थाले, कृषकहरु समस्यामा’
- 6 बर्ष, 1 महिना अगाडि
- ५ मंसिर २०७६, बिहीबार
कमल खत्री म्याग्दी ५ मंसिर । बेनी नगरपालिका–२ राखु भकिम्लीकी मनकुमारी पुन सुन्तलाबारीमा दैनिक रुपमा फल झर्न थालेपछि समस्यामा परेकी छिन् । करिब १५ बर्षदेखि व्यवसायिक रुपमा सुन्तला खेति थालेकी पुनको फुलबारीमा अहिले बोटबाटै सुन्तला झर्न थालेपछि उनी चिन्तित बनेकी हुन् । हरेक बोटबाट दैनिक १ किलोबढी सुन्तला पहेँलो भएर... पुरा पढ्नुहोस
कृषिको बजेट कार्यान्वयनमा जनशक्ति अभाव
- 6 बर्ष, 1 महिना अगाडि
- ५ मंसिर २०७६, बिहीबार
धिरन खत्री म्याग्दी, ५ मंसिर । आर्थिक बर्ष २०७६/७७मा स्थानीय सरकारबाट संचालित कृषि क्षेत्रको बजेट कार्यान्वयमा जनशक्ति अभाव देखिएको छ । म्याग्दी र मुस्ताङका एघार स्थानीय तहले कृषिमा छुट्याएको बजेट पहिलो चौमासिकमा कार्यान्वयनका पाटोमा जोड दिएका छैनन् । म्याग्दी र मुस्ताङका स्थानीय तहले कृषि ब्यवसायमा छुट्याएको बजेट कार्यान्वयनमा दक्ष जनशक्तिको... पुरा पढ्नुहोस