म्याग्दी न्युज डटकमले मनायो चौथो बार्षिकोत्सव

  • २५ फाल्गुन २०७६, आईतवार
  • 1306 पटक पढिएको

म्याग्दी २४ फागुन । म्याग्दी न्युज डट्कमले आफ्नो चौथो बार्षिकोत्सव मनाएको छ । ग्लोबल म्याग्दी मिडिया प्रालीद्धारा संचालित म्याग्दी न्युज डटकमले शनिबार विविध कार्यक्रम गरी चौथो बार्षिकोत्वस मनाएको हो । म्याग्दी न्युज डट्कमको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । नगरप्रमुख श्रेष्ठले शुभकामना व्यक्त गर्नुहुँदैे म्याग्दी जस्तो सानो बजारमा अनलाइन संचार माध्यम संचालन हुनु स्वागतयोग्य भएको बताउनुभयो । उहाँले अनलाइन संचार माध्यमले छिटो छरितो खबर प्रदान गर्न सफल भएको भन्दै अनलाइन संचारमाध्यमलाई व्यबस्थित र मर्या्दित बनाउनु पर्ने सुझाब दिनुभयो ।


नेकपा म्याग्दीका अध्यक्ष एव् संविधानसभा सदस्य गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मिनबहादुर कार्कीले जनताको वलीदान र तपश्याबाट प्राप्त गणतन्त्र पछिल्लो समयमा चौतर्फी ढंगबाट घेरा बन्दी हुन थालेको बताउनुहुँदै गणतन्त्रलाइ संस्थागत हुन संचार माध्यमहरुले सकरात्मक भूमिका खेल्न आग्रह गर्नुभयो । अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले पत्रकारले कसैको बारेमा लेख्दा कम्तिमा सम्बन्धित व्यक्तिको एक पटक भनाई लिएर मात्र समाचार लेख्न आग्रह गर्नुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य सन्तोष गौतम ,नेपाल प्रेस संगठन म्याग्दीका संयोजक तथा म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीले। सांघुरो बजार र जनशक्ती अभावका कारण म्याग्दीका मिडिया क्षेत्र चुनौतिपूर्ण तवरले सञ्चालन हुँदै आएको बताउनुभयो । म्याग्दी न्युज डटकमका संस्थापक सदस्य बोमबहादुर पुनले व्यवसायीक पत्रकारलाई व्यवस्थित तथा मर्यादित पार्न संधै तत्पर रहेको बताउनुभयो । कार्यक्रममा म्याग्दी न्युज डटकमका प्रकाशक साधन राम्जालीले ग्लोबल म्याग्दी मिडिया द्धारा संचालित म्याग्दी न्युज डटकम २०७३ मा पश्चिम म्याग्दी न्युजको रुपमा स्थापित भएको बताउनुभयो ।

साथै उहाँले शुभचिन्तक ,विज्ञापनदाता,संस्थापक, सहयोगदाता तथा पाठकलाई धन्यवाद दिनुहुँदै सत्यतथ्य , निष्पक्ष तथा पुर्वाग्राही नराखी अनलाइनलाई अगाढी बढाउने बताउनुभयो । संस्थापक सदस्य पुनको अध्यक्षता पत्रकार राकेश शर्माको संचालन तथा प्रकाशक राम्जालीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी ,नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष एवम् समाजसेवी विमला गौचन ,परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य ,समाजसेवी खिमबहादुर सुतपहरे घर्ती मगर ,बेनपा ७ की वडा सदस्य तकसरा राना मगर लगायतको उपस्थिती रहेको थियो ।