उपचारको पखाईमा दलबहादुर भण्डारी

  • ३० फाल्गुन २०७६, शुक्रबार
  • 2448 पटक पढिएको

 

म्याग्दी, २९ फागुन । मानसिक रोगबाट पीडित रघुगंगा गाउँपालिका–२ साझपानीका दलबहादुर भण्डारी उपचारको पखाईमा छन् । २०५३ सालदेखि मानसिक रोगबाट पीडित दलबहादुर भण्डारीे आर्थिक अभावले उपचार गर्नबाट बञ्चित भएका थिए ।

परिवारको आर्थिक अवस्था कमजोर हुदाँ उन्को उपचार हुन सकेको थिएन् । उपचार पखाईमा रहेका भण्डारीको उपचारका लागि आर्थिक संकलन समिति गठन गरिएको बलबहादुर भण्डारीले जानकारी दिनुभयो । आर्थिक संकलन गरेर भण्डारीको उपचार गर्नका लागि ईन्द्रबहादुर भण्डारीको संयोजककत्वमा आर्थिक संकलन समिति निर्माण गरिएको छ। सदस्यहरुमा नरेन्द्रबहादुर भण्डारी, तेजबहादुर भण्डारी, सन्जय भण्डारी र बलबहादुर भण्डारी रहेका छन् । हाल अमेरिका रहेका साझपानीका किसान भण्डारीको सक्रियतामा दल भण्डारी उपचारका आर्थिक संकलन लागि समिति गठन गरिएको छ।

आर्थिक संकलन भएर उपचार गर्न सके उन्को दैनिकीमा सुधार हुने संयोजक भण्डारीले बताए । परिवारको आर्थिक अभावका कारण मानसिक रोगीको कारण आफ्नो जिम्मेवारीसंगै विभिन्न कामहरु गर्न नसक्ने अवस्थामा भण्डारी पुगेका छन् । परिवारले उन्को उपचार खर्च जुटाउन नसकेको र निजको उपचारका लागि आवश्यक आर्थिक सहयोग गरिदिन स्वदेश तथा विदेशमा रहेका राखुबासीलाई आग्रह गरिएको आर्थिक संकलन समितिका संयोजक भण्डारीले आग्रह गरेका छन् ।

संयोजक : इन्द्रबहादुर भण्डारी ९८४७७२३२२१
सदस्य : नरेन्द्र भण्डारी ९८४७६७४७७२
: तेजबहादुर भण्डारी ९८६४३८४१९३
: सन्जय भण्डारी ९८६९६९७२९२
: बलबहादुर भण्डारी ९८६७६९५०१५
खाता : माछापुच्छे बैंक, नाम इन्द्रबहादुर भण्डारी : खातानम्वर २९२२५२४९५३७२००१७