म्याग्दी समाचार

बेनीका पसलहरुमा छ्याप छ्याप्ती म्याद नाघेका खाद्य सामाग्री भेटिए

म्याग्दी,२० असोज । सदरमुकाम बेनी बजारका पसलहरुमा छ्याप छ्याप्ती म्याद नाघेका सामाग्री भेटिएको छन् । चाडपर्व लक्षित गरेर बजारका पसलहरु अनुगमन गर्दा म्याद नाघेका खाद्य सामाग्री बढी भेटिएका हुन् । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा कालीपुलस्थित बसपार्कका १० वटा पसलहरु अनुगमन गर्दा पेय पदार्थ, मसला, चाउचाउ, विस्कुट, बच्चाहरुले खाने... पुरा पढ्नुहोस

शिव आधारभूत विद्यालयलाई सहयोग

म्याग्दी २० असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजामा रहेको शिव आधारभूत विद्यालयलाई एक युवाले सहयोग गर्नुभएको छ । जापानबाट आउनुभएका स्थानीय युवा मेजन गर्बुजाले विद्यालयमा अध्ययनरत सबै बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । उहाँले सो अवसरमा विद्यालयलाई नगद रु १० हजार समेत सहयोग गरेको विद्यालयका शिक्षक बिजय शर्माले जानकारी... पुरा पढ्नुहोस

प्रगतिशिल ईञ्जिनियर्स संगठन म्याग्दीको अध्यक्षमा रिजाल

म्याग्दी २० असोज । प्रगतिशिल ईञ्जिनियर्स संगठन नेपाल म्याग्दिले पुर्णता पाएको छ । कृष्ण रिजालको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा बालकृष्ण बुढाथोकी, सचिब अञ्जन खत्री, कोषाध्यक्षमा सुष्मा पौड्याल, सचिबालय सदस्यहरुमा सुदिप गौतम, विष्णु चापागाँई, विष्णु रिजाललाई चयन गरिएको छ । समितिको सदस्यहरुमा रुचेन्द्र अधिकारी, सोबिन घर्ति, घनश्याम रोका मगर, सतिस... पुरा पढ्नुहोस

बिममा ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक जना घाईते

म्याग्दी १९ असोज । म्याग्दीको मालिका गाउँपालिका– ७ बिम खरिभिरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएका छन् । बिमतर्फ जाँदै गरेको ट्याक्टर ध १ त ५२६ नम्बरको ट्याक्टर देउराली नजिकै दुर्घटना हुदाँ रघुगंगा गाउँपालिका–३ का बर्ष २३ का आषिश खत्रीको... पुरा पढ्नुहोस

गलेश्वर बृद्धाश्रमका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण

बेनी नगरपालिका–९ गलेश्वर स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वरस्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धाको निशुल्क स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले शनिबार गलेश्वरधाम स्थित आश्रममा पुगेर ‘जेष्ठ नागरिक आरोग्य कार्यक्रम’ संञ्चालन गरी जेष्ठ नागरिकहरुलाई शक्तिवद्र्धक एवं रोगप्रतिरोधी क्षमता बृद्धी गराउने आयुर्वेकि औषधीहरु वितरण गरिएको थियो ।... पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट काठमाण्डौमा एक म्याग्देलीको निधन

म्याग्दी १७ असोज । कोरोना भाइरसको संक्रमणबाट काठमाण्डौमा बसोबास गर्नुहुने एक म्याग्देलीको निधन भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–२ भगवती घर भइ काठमाण्डौ बस्नुहुने ६९ बर्षिय पुरूषकाे निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । काठमाण्डौ मेडिसीटि अस्पतालको आइसोलेसनमा उपचारकै क्रममा शनिवार  निधन भएको हाे... पुरा पढ्नुहोस

बेनीमा ५५ काँग्रेस कार्यकर्तालाई नेकपाले प्रवेश गरायो

म्याग्दी १७ असोज ।  म्याग्दीमा नेकपा र काँग्रेसले कार्यकर्ता प्रवेशको होडबाजी चलाएका छन् । शनिवार नेकपा बेनी नगर कमिटीको पूर्ण वैठकको अवसरमा जिल्लाको विभिन्न स्थानबाट काँग्रेस छाडेर ५५ जनाले नेकपा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ । प्रवेश गर्नेमध्ये अधिकाँश रघुगंगा गाउँपालिकाको पाखापानी, कुइनेमंगले क्षेत्रका रहेको नेकपा म्याग्दीका प्रचार विभाग... पुरा पढ्नुहोस

म्याग्दीमा थप एक जनामा कोरोना

म्याग्दी १७ असाेज ।  म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका रघुगंगा गाउँपालिका –३ का २६ बर्षिय यूवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । । नयाँ संक्रमितलाई क्वारेन्टाइनबाट आइसोलेसन लैजाने तयारी भइरहेको छ । ‘संक्रमितको... पुरा पढ्नुहोस

राष्ट्रिय युवा संघ म्याग्दीको इन्चार्जमा खड्का चयन

म्याग्दी, १६ असोज । नेकपाको भातृय युवा संगठन राष्ट्रिय युवा संघ म्याग्दीको इन्चार्जमा पुनम खड्का चयन हुनुभएको छ । संगठनका एकताका बाँकी कार्यलाई टुंगाउन बसेको बैठकले म्याग्दीको इन्चार्जमा खड्का र सह–इन्चार्जमा दिनेश केसीलाई जिम्मेवारी दिएको हो । तत्कालिन माओवादी जनयुद्धका सहिद परिवारका सदस्य समेत रहेका खड्का तत्कालिन वाईसीएल नेपालको केन्द्रिय... पुरा पढ्नुहोस

राष्ट्रिय युवा संघ मुस्ताङ जिल्ला इञ्चार्जमा गौचन

एसके थकाली जोमसोम १६ असाेज ।  राष्ट्रिय युवा संघ नेपालको बिहिबार काठमान्डौंमा बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सम्राट गौचनलाई मुस्ताङ जिल्ला ईञ्चार्जको थप जिम्मेवारी तोकेको छ । संघका केन्द्रिय संयोजक . रामप्रसाद सापकोटा (दीपशिखा)को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालको ७७ वटै जिल्ला ईञ्चार्ज र सहईञ्चार्जको... पुरा पढ्नुहोस