म्याग्दी समाचार

भारतद्धारा सिमाक्षेत्रमा भएको हस्तक्षेप विरुद्ध बाबियाचौर बजारमा विरोध

म्याग्दी, २ जेठ । भारतद्धारा सिमाक्षेत्रमा भएको हस्तक्षेप विरुद्ध म्याग्दी मंगलाकाे गाउँपालिकाको केन्द्र बावियाचौरमा युवाहरुल मिलेर विरोध गरेका छन् । ‘लिपुलेक हाम्रो हो, भारतीय विस्तारवाद मुर्दाबाद।, देशभक्त सचेत युवाहरु एक हौँ, विचार माथिको प्रतिवन्ध खारेज गर’ भन्ने मुल नारासहित स्थानीय युवाहरु मिलेर शुक्रबार बावियाचौर बजारमा विरोध प्रर्दशन गरेका हुन् ।... पुरा पढ्नुहोस

ब्यवसायीलाई सचेत बनाउन नियमित बजार अनुगमन प्रभावकारी

  म्याग्दी, २ जेठ । ब्यवसायीलाई सचते बनाउन म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको पसलमा अनुगमन गरिएको छ। स्थानीय प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमनलाई आक्रामक बनाएपछि ब्यवसायीले सुधार गर्न थालेका छन् । पसलको बोर्ड, मूल्य सूची राख्ने र अद्यावधिक गर्ने तथा दर्ता प्रक्रिया सुरु गर्नुका साथै म्याद नाघेका... पुरा पढ्नुहोस

गिट्टी कुटेर गुजारा चलाउदै विपन्न समुदाय

  म्याग्दी, २ जेठ । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण नियमित रोजगारी गुमेपछि म्याग्दीका विपन्न समुदायले विकल्प खोज्न थालेका छन् । नदी किनारका बगर र बस्ति नजिकका ढाँडमा ढुङ्गा संकलन तथा गिट्टी फुटाएर जिवन गुजारा चलाउन थालेका हुन् । स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोतलाई जिविकोपार्जनको माध्यम बनाउन थालेका... पुरा पढ्नुहोस

बेनीमा १५ शैयाको आइसोलेशन कक्ष स्थापना

  म्याग्दी, १ जेठ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना (भाइरस)को लक्षण देखिएका बिरामीको उपचारका लागि बेनीमा छुट्टै आइसोलेशन कक्ष स्थापना गरिएको छ । जिल्लामा हालसम्म कोरोनाका बिरामी नभेटिएपनि सम्भावित जोखिम आकलन गरेर पुर्वतयारीका लागि १५ शैयाको आइसोलेशन स्थापना गरिएको हो । कोभिड–१९ जिल्ला कमाण्ड पोष्टले बेनी अस्पताल, सुरक्षा निकाय... पुरा पढ्नुहोस

अनेरास्ववियू म्याग्दीद्धारा फलफूल वितरण

बेनी, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू म्याग्दीले बिहीबार स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । ५५ औ स्थापना दिवसको अवसर पारेर बेनी अस्पतालमा उपचार गराइरहेका ९ जना बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको हो । अनेरास्ववियू म्याग्दीका संयोजक... पुरा पढ्नुहोस

लकडाउनको ५२ औं दिनः देशभर कडाइ

म्याग्दी, १ जेठ । सरकारले लकडाउनलाई आजदेखि पुनः कडाइका साथ लागू गरेको छ । लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो । उपत्यकामा टाइम कार्ड लागू गरी कर्मचारीहरुको सवारी साधन सञ्चालन गर्न दिएको थियो । लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि... पुरा पढ्नुहोस

जनप्रतिनिधि र कर्मचारीले कोरोना कोषमा चार लाख २४ हजार जम्मा

म्याग्दी, २६ वैशाख । बेनी नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थापना गरेको कोषमा जनप्रतिनिधि र कर्मचारीहरुले चार लाख २४ हजार रुपैयाँ जम्मा गरेका छन् । कोषमा नगर प्रमुख हरिकुमार श्रेष्ठले ५१ हजार सहित उपमेयर सञ्जु बरुवाल लगायत वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुबाट दुई... पुरा पढ्नुहोस

म्याग्दीमा भूपु भारतीय सैनिकलाई पेन्सन वितरण

बेनी, २५ वैशाख । म्याग्दीका भारतीय सैनीकको सेवाबाट निवृत भएकाहरुलाई पेन्सन वितरण गरिएको छ । भारतीय राजदुतावास अन्तरगत बेनी स्थित जिल्ला सैनिक बोर्डले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका बीच आफ्ना भूपुहरुलाई पेन्सन वितरण गरेको हो । म्याग्दीका भुपु सैनिकहरुलाई एभरेष्ट बैंकको बेनी स्थित सेवा केन्द्र गोर्खा सैनिक सहकारी संस्था... पुरा पढ्नुहोस

म्याग्दीमा थप २ जनामा डेङ्गु भेटियो

  बेनी, २५ वैशाख । कोरोनाको त्रासले जनजिवन प्रभावित भइरहेका बेला हिमाली जिल्ला म्याग्दीमा बुधबार एकै दिन २ जना डेङ्गु रोगका बिरामी फेला परेका छन् । पछिल्लो ७ दिन यता जिल्लामा पाँच जना डेङ्गुका बिरामी भेटिएका छन् । बेनी नगरपालिका–७ मंगलाघाट र मंगला गाउपालिका–१ भरजुलाका एक÷एक जनामा डेङ्गु पोजेटिभ भेटिएको बेनी... पुरा पढ्नुहोस

भेडाबाख्रा गोठको सारथी ‘कुकुर’

धिरन खत्री म्याग्दी, २४ बैशाख । हिमाली जिल्ला म्याग्दीमा विभिन्न स्थानमा ब्यवसायिक रुपमा रुपमा भेडाबाख्रा पाल्दै आएका छन् । ब्यवासायिक रुपमा पालिने भेडाबाख्राको मुख्य सारथी कुकुर हो । जंगली जनावरको आक्रमणबाट जोगाउने मुख्य हतियार कुकुर रहेको चार पुस्तादेखि ब्यवसायिक रुपमा भेडाबाख्रा पाल्दै आएका रघुगंगा गाउँपालिका–२ साझपानीमा नन्दबहादुर भण्डारीले बताए ।... पुरा पढ्नुहोस