म्याग्दी समाचार
अन्तराष्ट्रिय मजदुर दिवसले नछोएका मजदुर (फोटो कथा)
- 5 बर्ष, 4 महिना अगाडि
- १९ बैशाख २०७७, शुक्रबार
बेनी (म्याग्दी) १९ वैशाख । अन्तराष्ट्रिय मजदुर दिवसको दिन आज सार्वजनिक विदा दिईएको छ । विहानैदेखि सामाजिक सञ्जालमा मजदुर दिवसको अवसरमा चम्कीला शुभकामना सन्देशहरु आइरहेका छन् । मन्त्री, सांसद देखि सबैका फेसबुक वालमा श्रमीकका लागि मिठा शुभकामना आइरहँदा म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी नदी नियन्त्रण योजनामा भने मजदुरहरु काम गर्न... पुरा पढ्नुहोस
काठमाण्डौका म्याग्देलीद्धारा साढे ३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग (भिडियो सहित)
- 5 बर्ष, 4 महिना अगाडि
- १९ बैशाख २०७७, शुक्रबार
बेनी, १९ वैशाख । काठमाण्डौमा बसोबास गर्ने म्याग्देलीहरुले कोरोना रोकथाम र नियन्त्रण अभियानमा सघाउन साढे ३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि काठमाण्डौमा बसोबास गर्ने म्याग्देलीहरुले जिल्ला स्थित स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । काठमाण्डौमा... पुरा पढ्नुहोस
दिवंगत दिदीले जम्मा गरेको रकम ओमकुमारी शान्ति कोषलाई सहयोग (भिडियो सहित)
- 5 बर्ष, 4 महिना अगाडि
- १८ बैशाख २०७७, बिहीबार
म्याग्दी १८ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका रुद्रबहादुर खड्काले आफ्नो दिवंगत दिदी पानसकुमारी खत्रीको नाममा म्याग्दीको परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषलाई सहयोग गर्नुभएको छ । दिवंगत दिदी पानसकुमारीले जम्मा गरेको रु १० हजार १५५ रकम खड्काले म्याग्दीको परोपकारी ओमकुमारी शान्ति कोषलाई सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको हो । कोषका... पुरा पढ्नुहोस
पोखरामा रहेका म्याग्देलीलाई खाद्यान्न सहयोग
- 5 बर्ष, 4 महिना अगाडि
- १८ बैशाख २०७७, बिहीबार
ध्रुबसागर शर्मा म्याग्दी १८ बैशाख । पोखरामा एक महिना भन्दा बढिको लकडाउन (बन्दाबन्दी)का कारण समस्यामा परेका म्याग्देलीहरुलाई सहयोग गर्न म्याग्दी–पोखरा चौतारी सक्रिय रुपमा लागि परेको छ । अध्ययन,रोजगारी,मजदुरी वा अन्य कामका लागि पोखरामा गएका र लकडाउनका कारण काम बन्द भएपछि समस्यामा परेका म्याग्देलीहरुलाई म्याग्दी–पोखरा चौतारीका उपाध्यक्ष गोपाल घिमिरेको व्यवस्थापनमा खाद्यान्न... पुरा पढ्नुहोस
बेनी अस्पतालमा स्यानिटाइजर टनेल
- 5 बर्ष, 4 महिना अगाडि
- १८ बैशाख २०७७, बिहीबार
बेनी, १८ वैशाख । म्याग्दी सदरमुकाममा रहेको बेनी अस्पतालमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको छ । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि अस्पतालको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको हो । प्रोगेशिभ इञ्जिनियर एशोसियसन अफ नेपाल (पिन) जिल्ला समिति म्याग्दीले गण्डकी तथा धौलागिरी क्षेत्रका इञ्जिनियरहरुको प्राबिधिक सहयोगमा उक्त टनेल निर्माण गरेका... पुरा पढ्नुहोस
बेनीको कालिपुलमा स्यानिटाइजर टनेल सञ्चालनमा (भिडियो सहित)
- 5 बर्ष, 4 महिना अगाडि
- १७ बैशाख २०७७, बुधबार
बेनी, १७ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दी सदरमुकाम बेनीमा स्वचालित स्यानिटाइजर टनेल राखिएको छ । म्याग्दी प्रवेशद्धार कालिपुलमा बाहिरबाट म्याग्दीमा प्रवेश गर्नेहरुको शरीरलाई स्यानिटाइज गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) मकाउ र लायन्स क्लब अफ बेनी पिस सिटिको आर्थिक सहयोगमा... पुरा पढ्नुहोस
नेकपा मंगलाद्धारा लकडाउनबाट प्रभावितको राहत कोषमा रु १ लाख ३२ हजार सहयोग
- 5 बर्ष, 4 महिना अगाडि
- १७ बैशाख २०७७, बुधबार
राजकुमार पाण्डे बावियाचौर १७ वैशाख । नेपाल कम्युनिष्ट पाटी (नेकपा) मंगला गाउँ पालिका कमिटिले विपन्न र ज्याला मजदुरी गरि खाने परिवारको राहतको लागि रु १ लाख ३२ हजार ८५० बराबरको सहयोग गरेको छ । गाउँपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनबाट प्रभावितलाई सघाउन स्थापना गरेको कोरोना प्रकोप... पुरा पढ्नुहोस
लायन्स क्लब अफ बेनी महारानीको अध्यक्षमा श्रेष्ठ चयन
- 5 बर्ष, 4 महिना अगाडि
- १७ बैशाख २०७७, बुधबार
म्याग्दी १७ वैशाख । सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनि महारानी को अधिबेशन सम्पन्न भएको छ । लकडाउनको कारण औपचारिक कार्यक्रम नगरिकन गरिएको अधिवेशनबाट संगिता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा रेस्मा श्रेष्ठ, द्धितिय उपाध्यक्षमा भिम कुमारी सूबेदी, तितृय उपाध्यक्षमा जुनु... पुरा पढ्नुहोस
खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष विश्वकर्माद्धारा खेलाडीहरुलाई सहयोग
- 5 बर्ष, 4 महिना अगाडि
- १६ बैशाख २०७७, मंगलवार
म्याग्दी १६ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनबाट प्रभावित बनेका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष कृष्णकुमार विश्वकर्माले सहयोग गर्नुभएको छ ।आफ्नो कार्यकाल पुरा गरि समितिबाट विदाइ हुनुभएका विश्वकर्माले लकडाउनबाट प्रभावित बनेका ८ जना खेलाडीका घरपरिवारलाई खाद्यान्न सहयोग गर्नुभएको हो... पुरा पढ्नुहोस
लायन्स क्लब बेनी पिस सिटीको अनलाइनबाट अधिवेशन गरि नयाँ नेतृत्व चयन, अध्यक्षमा थापा
- 5 बर्ष, 4 महिना अगाडि
- १६ बैशाख २०७७, मंगलवार
म्याग्दी १६ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण यहाँको एक सामाजिक संस्थाले अनलाइन मार्फत अधिवेशन सम्पन्न गरेको छ । जिल्लामा सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी पिस सिटीले मंगलवार भिडियो कन्फेन्सको माध्ययमबाट अनलाइनबाटै पाँचौ अधिवेशन सम्पन्न... पुरा पढ्नुहोस