म्याग्दी समाचार

भत्ताको लहरो स्थानीय तहसम्मः म्याग्दीका चार गाउँपालिकाले बाँडे जनप्रतिनिधिलाई दशैँ भत्ता

म्याग्दी ४ कात्तिक । जनप्रतिनिधिले मासिक रुपमा पाउने सेवा सुविधा बाहेक चाडपर्वको समेत भत्ता बुझ्ने गरेका छन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई टेकेर म्याग्दीका चार स्थानीय तहका जनप्रतिनिधिहरुले दशैँ भत्ता बुझेका हुन् । जिल्लाको रघुगंगा, अन्नपूर्ण, मंगला... पुरा पढ्नुहोस

बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँधलाई स्थानान्तरण गर्न म्याग्दीका सरोकारवालाको माग

म्याग्दी ४ कात्तिक ।  म्याग्दी र पर्वतको सिमानामा पर्ने ठुलो पहिरोमा बाँध राख्ने गरि निर्माणको तयारीमा रहेको बेनी कालीगण्डकी जलविद्यूत आयोजनाको लागि बाँध यथास्थितीमा रहने गरि सहमती नदिन म्याग्दीका सरोकारवालाहरुले सुझाब दिएका छन् । विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको यस आयोजनाको प्रस्तावित बाँध स्थल परिवर्तन नभएसम्म... पुरा पढ्नुहोस

आहा ! खरिभिरको फाँटमा टरम्म झुलेको धान (तस्बिर)

म्याग्दी ४ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ खरिभिरको फाँटमा पहेँलपुर बनेर लटरम्म झुलेको धान । असारमा खेतमा रोपेको धान पाक्न थालेपछि कृषकहरु धान भित्र्याउने तरखरमा जुटेका छन् । तस्बिर : मोहन बहादुर कार्की । पुरा पढ्नुहोस

बेनी अस्पतालका एक चिकित्सकमा कोरोना पुष्टी, कोरोनाको जोखिम बढदै

म्याग्दी ४ कात्तिक । म्याग्दीमा कोरोनाको जोखिम बढ्दै गएको छ । अस्पतालमा उपचार गराउन आएका कोरोना संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङमा परेका बेनी अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका चिकित्सकले पोखरामा स्वाव दिएर होम क्वारेनटाइन बसेका... पुरा पढ्नुहोस

अबैध भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ

म्याग्दी ३ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडाबाट प्रहरीले अवैध एकनाले भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय घोडेपानीबाट प्रहरी सहायक निरिक्षक रवि आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले ग्रामीण गस्तीका क्रममा अबैध भरुवा बन्दुक लुकाई हिँडेको अबस्थामा काफलडाँडाका ३१ बर्षका अम्बर गर्बुजालाई नियन्त्रणमा लिएको... पुरा पढ्नुहोस

बेनीमा लागूऔषध सहित एक युवा पक्राउ

म्याग्दी ३ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा एक युवा लागूऔषध सहित पक्राउ परेका छन् । प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले बेनी नगरपालिका–८ गणेशटोल बस्ने २९ बर्षका बिमल भण्डारीलाई लागू औषध सहित पक्राउ गरेको हो । लागूऔषधको सेवन र विक्रि वितरण गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले भण्डारीको कोठामा खानतलासी... पुरा पढ्नुहोस

बेनी अस्पतालमा आँखाको उपचार सेवा सुरू

म्याग्दी २ कात्तिक । बेनी अस्पतालले आँखाको उपचार सेवा सुरू गरेको छ। अस्पतालमा उपचारका लागि आउने सर्वसाधारणलाई आँखाको समान्य र जटिल समस्याको उपचार गर्ने गरी आइतबारदेखि सेवा सुरु गरेको हो । बिरामीको चाप बढ्दै जान थालेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आँखा उपचार शाखाको स्थापना गरिएको अस्पताल ब्यवस्थापन समितिका... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा कर्मचारीलाई कोरोना पुष्टि भएसंगै अत्याबश्यक बाहेकका सेवा बन्द

म्याग्दी २ कात्तिक । म्याग्दीको मंगला गाउँपालिकाले अत्याबश्यक बाहेकको सेवा प्रवाह बन्द गरेको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कार्यालयले अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवाहरु बन्द गरेको हो ।  आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै गाउँपालिकाले अर्को सूचना नहुँदासम्मको लागि कार्यालयको सेवा प्रवाह... पुरा पढ्नुहोस

घतानकी एक महिला छोराछोरी छाडेर दुई सातादेखि सम्पर्कविहिन

म्याग्दी २ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी एक महिला दुई सातादेखि सम्पर्कविहिन भएकी छन् । पर्वत बेनीमा कोठा भाडामा लिएर छोराछोरीलाई पढाएर बस्दै आएकी २८ बर्षिय देवि दर्जि आफ्नो बच्चाहरुलाई छाडेर सम्पर्क विहिन भएकी हुन् । छोराछोरी छाडेर सम्पर्क विहिन भएपछि प्रवासमा रहेका उनका श्रीमानले खोजीकार्यको लागि सहयोगको अहिल... पुरा पढ्नुहोस

धवलागिरिमा पहिरोबाट क्षतिग्रस्त पूर्वाधार निर्माणमा २६ करोड बढी बजेट आबश्यक

बेनी, २ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिकामा यस बर्षको बर्षातको कारण करिब रु २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । गत असार २५ र २६ गते बर्षात संगै आएको पहिरोका कारण नीजि आवास, विद्यालय, सडक, खानेपानी, विद्युत लगायतको क्षेत्रमा पु¥याएको क्षतिको पुननिर्माण गर्न २६ करोड बढी बजेट आबश्यक... पुरा पढ्नुहोस