बेनी सिटीद्घारा बालगृहमा सहयोग रकम हस्तान्तरण

  • ३ माघ २०७७, शनिबार
  • 1070 पटक पढिएको

म्याग्दी ३ माघ । विभिन्न सामाजिक कार्यहरुमा क्रियालिश लायन्स क्लब अफ बेनी सिटीले तृप्ती फाउन्डेसनका संस्थापक हरि राम्जाली ज्यूको सहयोगमा नेपाल बाल संगठन म्याग्दी अन्तर्गत रहेको म्याग्दी बालगृहमा आर्थिक सहयोग गरेको छ । बालगृहमा रहेका बाल बालिकाहरुको पठन पाठनमा सहयोग पु¥याउने उदेश्यले नगद रु ३० हजार नगद सहयोग हस्तान्तरण गरिएको हो । बालगृहमा बिगत यो बर्षसंग ५ औँ पटक सहयोग रकम हस्तान्तरण गरिएको लायन्स क्लब अफ बेनी सिटीका पूर्व अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।


क्लबका अध्यक्ष अमित बाँनिया, संस्थापक अध्यक्ष अम्बिक कुमार श्रेष्ठ , पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष सुविन श्रेष्ठ लगायत कल्बका सदस्यहरुको उपस्थितिमा बालगृहका प्रमुख सुजन के.सी. लाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो । क्लबका अध्यक्ष अमित बाँनियाले क्लबको बार्षिक कार्यक्रम अनुसार सहयोग रकम हस्तान्तरण कार्यक्रम गरिएको र यो बर्षका बाँकी अन्य कार्यक्रमहरु नियमित रुपमा गरिने बताउनु भयो ।


म्याग्दीमा जन्मनु भई अष्ट्रेलियामा व्यवसाय गर्दै आईरहनु भएका सहयोगी मनका धनी हरि राम्जालीलाई कल्बको तर्फ देखि धन्यबाद व्यक्त गर्दै बालगृहमा रहेका बाल बालिकाहरुको उज्जल भविव्यको कामना सहित सहयोग हस्तान्तर कार्यक्रमलाई अध्यक्ष बाँनियाले समापन गर्नु भएको थियो ।