म्याग्दी समाचार

रघुगंगा हाइड्रोको साधारणसभा सम्पन्न

बेनी, १२ भदौ । म्याग्दीमा राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको रघुगंगा हाइड्रो लिमिटेडको प्रथम र दोस्रो साधारणसभा बुधबार काठमाडौमा सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणले २०७३ मा सहायक कम्पनीको रुपमा स्थापना भएको रघुगंगा हाइड्रोको साधारणसभाले आर्थिक वर्ष २०७३/७४ र ७४/७५ को वार्षिक लेखा परिक्षण प्रतिवेदन पारित गरेको हो ।... पुरा पढ्नुहोस

संसारकै लामो बिरेठाँटी–मुक्तिनाथ केवलकारको डीपीआरको तयारी (भिडियो सहित)

कमल खत्री म्याग्दी ११ भदौ । प्रसिद्ध धार्मिक स्थल मुक्तिनादेखि कास्कीको बिरेठाँटी सम्मको संसारकै लामो केवलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न लागिएको छ । मुक्तिनाथ दर्शन प्रा.लि.ले निर्माण गर्न लागेको यस केवलकार परियोजनामा सम्भाव्यता अध्ययन र प्रारम्भिक सर्भेको काम सकेर डीपीआर तयार गर्न लागिएको हो । अष्ट्रेलियाको जहाज ल्याएर... पुरा पढ्नुहोस

पर्यटन बर्ष सफल बनाउन जिल्लास्तरीय उपसमिति गठन

  म्याग्दी, ११ भदौँ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटन बर्ष २०१९ देखि २०२२ सम्मलाई सफल बनाउन म्याग्दीमा जिल्लास्तरीय पर्यटन प्रर्वद्धन उपसमिति गठन गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कुटवालको अध्यक्षतामा ९ सदस्यीय पर्यटन प्रर्वद्धन उपसमिति गठन गरिएको हो । सदस्यहरुमा जिससका उपप्रमुख लोकबहादुर मल्ल, प्रमुख जिल्ला अधिकारी... पुरा पढ्नुहोस

निलगिरी हाइड्रोमा सडक खन्दा दुई मजदुर घाइते

बेनी ११ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ४ नारच्याङको छोटेपामा जलविद्युत आयोजनाको सडक निर्माणमा खटिएका दुई जना मजदुर घाइते भएका छन् । सडक निर्माणका क्रममा भिरबाट खसेर बुधबार नारच्याङका २० वर्षीय चुमबहादुर पुर्जा र २९ वर्षीय खिमबहादुर चोचाङ्गी घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घाइते दुवै... पुरा पढ्नुहोस

मल्कबाङ्ग समाज युकेको बार्षिक भेटघाट, विभिन्न व्यक्तित्व सम्मानित

म्याग्दी ११ भदौ । युकेमा रहेका म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङ्गबासीहरुको साझा संस्था मल्कबाङ्ग समाज युकेको चौथो बार्षिक घेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । बेलायतको रेडिङ शहरमा सम्पन्न भएको उक्त कार्यक्रममा मल्कबाङ्ग समाज युकेका अध्यक्ष शेर छन्त्याल, उपाध्यक्ष टिका पुर्जा र नेपाल देखी आउनुभएका... पुरा पढ्नुहोस

काग्रेस निकट महिला संघ म्याग्दीको पशिक्षण

म्याग्दी, १० भदौ । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औँ स्मृति दिवस बेनीमा विविध कार्यक्रम गरि मनाएका छन् । नेपाल महिला संघ म्याग्दीले आयोजित कार्यकता भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाले महिला गर्ने सामाजिक विवेद हटाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम्... पुरा पढ्नुहोस

तीन कार्यालयको कार्यक्रम सार्वजनिक : कृषि, पशु र प्रधानमन्त्री आधुनिकीकरणको नौ करोड बजेट

म्याग्दी ९ भदौ । म्याग्दीका तीन कार्यालयले चालु आर्थिक बर्ष २०७६/७७ मा सञ्चालन गर्ने कार्यक्रम र स्विकृत बजेट सार्वजनिक गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले सोमबार बेनीमा संयुक्त कार्यक्रमको आयोजना गरी स्विकृत बजेट तथा कार्यक्रम सार्वजनिक गरेका... पुरा पढ्नुहोस

रवि र युवराज धरौटीमा, अस्मीता साधारण तारेखमा रिहा

चितवन, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासंगका पत्रकार रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । यस्तै युवराज कँडेल... पुरा पढ्नुहोस

मलम्पारको महेन्द्र आधारभुत विद्यालयमा विद्युतिय पुस्तकालय स्थापना गरिँदै

म्याग्दी ९ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका –५ मलम्पारमा रहेको महेन्द्र आधारभुत विद्यालयमा विद्युतिय पुस्तकालय स्थापना गरिने भएको छ । दुर्गम बस्ती मलम्पारमा रहेका बालबालिकाहरुलाई आधुनिक शिक्षाको पहुँच बृद्धि गर्न विद्युतिय पुस्तकालय स्थापना गर्ने तयारी स्वरुप विद्यालयमा कम्प्युटर, सौर्य उर्जाको जडान र इन्भटरको व्यवस्थापन गरिएको हो । धवलागिरी गाउँपालिकाको कार्यालयले... पुरा पढ्नुहोस

कदमद्धारा मृगौला रोगीलाई सहयोग

बेनी, ८ भदौ । कदम म्याग्दीले बेनी नगरपालिका–५ पुलाचौरकी मृगौला पिडित निशा सुवेदीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । कदमका अध्यक्ष निलकण्ठ रेग्मीको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले स्वास्थ्य राहत कोषबाट सुवेदीको उपचारका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । प्रसुति सेवाका क्रममा जटिल अवस्था उत्पन्न... पुरा पढ्नुहोस