म्याग्दी समाचार

नागीमा भेटिएकी बेवारिसे महिलाको आफन्तको खोजी

बेनी, १६ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा एक बेवारिसे महिला भेटिएकी छिन् । जलजला गाउँपालिकाको फलामेडाँडा हुदै आइतबार नागी पुगेकी अन्दाजी ३०–३५ वर्षकी ति महिलालाई स्थानीयबासीले आश्रय दिएका छन् । परिचय, नाम, ठेगाना बताउन नसक्ने, मानसिक अवस्था ठिक नभएकी महिलाको बारेमा प्रहरीलाई जानकारी गराएको र आफन्तको खोजी गरिएको स्थानीय... पुरा पढ्नुहोस

भिम माविमा पुस्तकालय भवन निर्माण

  देविस्थान १६ भदौ । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माविमा पुस्तकालय भवन निर्माण भएको छ । पहार ट्रस नेपालको अनुदान र समुदायको श्रमदान गरि कुल १८ लाख रुपैयाँको लागतमा एक कोठे भवन निर्माण भएको हो । संस्थाले १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीयबासीबाट तीन... पुरा पढ्नुहोस

विद्यालयलाई दुई लाख साठी हजार रुपैयाँ सहयोग

सिजन रोका बाबियाचौर, १५ भदौ । मंगला गाउँपालिका–५ किमचौरमा रहेको बिष्णु राष्ट्रिय आधारभूत विद्यालयलाई दुई लाख साठी हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । मंगला–५ पिपलबोटका बिरेन्द्र बुढाथोकीले दुई लाख, मंगला–३ पखेर घर भई हाल बेलायत बस्नुहुने हर्कराज रोकाले पचास हजार ५५ र मंगला–४ थर्पु घर भई हाल बेलायत... पुरा पढ्नुहोस

पुस्तकालय दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

म्याग्दी १५ भदौ । १२ औँ पुस्तकालय दिवसको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाको आयोजनामा मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । ‘पठन संस्कृतिको पूर्वाधारः पुस्तकालयको विकास र विस्तार’’ बिषयक निबन्ध लेखन प्रतियोगितामा गाउँपालिकाभित्र रहेका ७ वटा मावि विद्यालयका १४ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा जनता माविका कल्पना... पुरा पढ्नुहोस

दुखुखोलामा दशकपछि बन्यो पुल

  म्याग्दी, १५ भदाैँ । मङ्गला र मालिका गाउँपालिकाको सिमाना दुखुखोलामा करीब एक दशकपछि मोटर चल्ने पुल निर्माण भएको छ । बेनी–दरवाङ सडक अन्तर्गत दुखु खोलामा सो पुल निर्माण गर्न नौ वर्ष लागेको हो । गलत डिजाइन र व्यवसायीको ढिलासुस्तीका कारण पुल नबन्दा जोखिम लिएर खोला वारपार गर्नुपर्ने बाध्यता थियो... पुरा पढ्नुहोस

पुस्तकालय दिवसको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण

म्याग्दी १५ भदौ ।  १२ औँ पुस्तकालय दिवसको अवसरमा बेनीमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयले बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालय र बेनी सामुदायिक माध्यमिक विद्यालयका २÷२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रकाश माविका दिनेश विक र यसोदा... पुरा पढ्नुहोस

प्रगतिशिल सहकारीको साधारणसभा सम्पन्न

बेनी, १५ भदौ । मंगला गाउँपालिका– कुहुँमा रहेको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।संस्थाले गत आर्थिक वर्ष २०७५/७६ मा चार करोड ४४ लाख बीस हजार ४९२ रुपैयाँ बराबरको कारोबार गरेर साधारणसभामा जानकारी गराइएको थियो । संस्थाका कोषाध्यक्ष बिष्णुमाया पुनले दुई... पुरा पढ्नुहोस

बालबिवाह न्युनिकरण सम्बन्धी अन्तरक्रिया

  बेनी, १५ भदौ । बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार बालबिवाह न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पलान इन्टरनेशनलको आर्थिक सहयोग र अन्तर धार्मिक सञ्जाल म्याग्दीको आयोजना तथा सिविन नेपालको संयोजनमा कार्यक्रम भएको थियो । कार्यक्रममा बालबिवाहको कारण, असर र न्युनीकरणका उपायको विषयमा अन्तरक्रिया गरिएको थियो । सहभागीहरुले कतिपय... पुरा पढ्नुहोस

बेसाहारा वृद्धाको घर निर्माणका लागि सहयोग

  बेनी, १५ भदौ । लायन्स क्लव अफ बेनी पिस सिटीले बेसाहरा वृद्धालाई घर निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।बेनी नगरपालिका–१ रत्नेचौरकी हिरामती कामीको घर पुननिर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेको हो । क्लवका अध्यक्ष नरेश श्रेष्ठ लगायत पदाधीकारीहरुले शनिबार बेनीमा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा मार्फत वडा अध्यक्ष... पुरा पढ्नुहोस

छात्रा फुटबलको उपाधी माउन्टलाई

बेनी, १४ भदौ । न्यु दोभान युवा क्लबले आयोजना गरेको प्रथम अन्तर मावि नाइन ए साइड छात्रा फुटबल प्रतियोगिताको उपाधि बेनीको माउन्ट एभरेष्ट आवासीय माविले जितेको छ । क्लवका पूर्व अध्यक्ष स्वर्गीय अनन्त गिरीको स्मृतिमा आयोजित प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस दृतीय भएको छ । शनिबार बेनीको खुल्ला मञ्चमा भएको फाइनलमा... पुरा पढ्नुहोस