विपद उद्दारका सारथि शेरचनलाई सम्मान

  • ३ माघ २०७७, शनिबार
  • 1549 पटक पढिएको

सुन्दरकुमार थकाली
जोमसोम ३ माघ । २३ औ राष्टिय भुकम्म सुरक्षा दिवसको अवसरमा बेनी–जोमसोम सडकखण्डमा कार्यरत सडकका सुपरभाईजर, बिपद उद्दारका सारथि ईन्द्रसिङ शेरचनलाई सम्मान गरिएको छ । बर्सेनि वर्षातको समयमा बेनी – जोमसोम ७६ किमि सडकमा पटक – पटक बाढी, पहिरो र नदि कटानले सडक अवरुद्द हुँदा निश्वार्थभावले खटिए बापत सडक सुपरभाईजर शेरचनलाई जिल्ला प्रशासन कार्यालय अन्तर्गत जिल्ला बिपद् व्यवस्थानपन समिति मुस्ताङले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो ।


मुस्ताङको थासाङ गापा–२ कोवाङ निवासी शेरचन २०७४ साल देखि उत्तर –दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनि–जोमसोम–कोरला सडक आयोजनामा कार्यरत छ्न । बर्खायामको मौसममा सडक अवरुद्द हुदा सडक खुलाउन पहल देखि मुस्ताङ आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सडक पार गराउन सहजिकरण गर्दै आईरहेका छ्न । उनलाई गण्डकी प्रदेशका सासद महेन्द्रबहादुर थकाली र निमित्त प्रजिअ जगदिश अर्यालले सम्मान गरेका हुन ।

सो अवसरमा साँसद थकालीले विपद उद्दारमा शेरचनको महत्वपुर्ण योगदान रहेको उल्लेख गरे । जस्तो सुकै परिस्थितिमा समेत शेरचनले ज्यानको बाजि लगाएर सवारि साधन ,यात्रु र आयोजनाको काममा निरन्तर खटिएर लागेको चर्चा गरे । यस्तै निमित्त प्रजिअ अर्यालले सडक आवागमन तथा यात्रुको हितमा आईपर्ने समस्यालाई समाधान गर्न योगदान दिए वापद समितिको निर्णय अनुसार शेरचनलाई सम्मान गरिएको बताए । सो अवसरमा सम्मानित ब्यत्तित्व सुपरभाईजर शेरचनले यो सम्मानले आगामी दिनमा अझै सामाजिक तथा सार्बजनिक क्षेत्रमा लाग्न दायित्वबोध गराएको उल्लेख गरे ।

यसअघि २३ औ राष्टिय भुकम्पा सुरक्षा दिवसको अवसरमा जिल्ला ब्यवस्थापन समितिको अगुवाईमा नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी ,जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारी लगायतको टोलिले “ बहु प्रकोपिय भुकम्पिय सुरक्षा,साझा सहकार्यमा जनधनको सुरक्षा “ उद्घोष सहित जोमसोम बजार प्रभातफेरी गरिएको छ । प्रभात फेरिपछी नेपाली सेनाले बिपद उद्दार र सशस्त्र प्रहरिको टोलिले आगलागी नियन्त्रण र सुरक्षा सम्वन्धी डेमो प्रदर्सन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शेरचनलाई यसअघि उनलाई म्याग्दी प्रशासनले समेत सम्मान गरेको थियो । शेरचनले म्याग्दीकाे दानामा हाेटल ब्यवसाय समेत गर्दै अाएका छन् ।