म्याग्दी समाचार
गाई काट्ने चारजना कालीपुलबाट प्रक्राउ
- 5 बर्ष, 1 महिना अगाडि
- २० श्रावण २०७७, मंगलवार
म्याग्दी, २० साउन । सदरमुकाम बेनीस्थित कालीपुलबाट गाई काटदै गरेका चार जनालाई प्रहरीले सोमबार प्रक्राउ गरेका छन् । कालीपुलस्थित डेरा गरेर बस्ने हिरा रसाईलीको कोठामा गाईको मासु काटिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले प्रकाउ गरेको हो । गाई काटेर मासु बेच्दै आएको स्थानीयको सूचनाको आधारमा प्रहरीले उनीहरुलाइ कोठामा गाईको... पुरा पढ्नुहोस
ठाडाखानिका कृषक आलु खन्न ब्यस्त
- 5 बर्ष, 1 महिना अगाडि
- २० श्रावण २०७७, मंगलवार
म्याग्दी, २० साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ ठाडाखानीका कृषकहरु बारीमा लगाएको आलु खन्नमा ब्यस्त छन् । आलु खेतीमा आत्मनिर्भर रुपमा चिनिने ठाडाखानीमा कृषकहरु खेतबारीमा लगाएको आलु खन्नमा ब्यस्त रहेको स्थानीयबासी हिरा बुढाथोकीले बताए । ठाडाखानीको मुख्यबाली आलु हो, गाईभैसी र भेडाबाख्राको मल प्रयोग गरी उत्पादन गरीने आलु सबैको रोजाइमा... पुरा पढ्नुहोस
गौश्वाराका युवाहरूद्धारा मराङका बाढी पीडितलाई सहयोग
- 5 बर्ष, 1 महिना अगाडि
- १९ श्रावण २०७७, सोमबार
म्याग्दी, १९ साउन । बेनि नगरपालिका २ गौंस्वाराका युवाहरु मिलेर धौलागिरि गाउँपालिका–६ मराङका बाढीपीडितलाई १५ हजार आर्थिक सहयोग गरेका छन् । लोक गायक हर्क खड्काको नेतृत्वमा गाउँका युवाहरु मिलेर गौँश्वारामा घरदैलो गरि संकलन गरिएको सो रकम धौलागिरी गाउँपालिकाको बिपत ब्यबस्थापन कोषमा सहयोग गरिएको छ । खडकाद्धारा गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल... पुरा पढ्नुहोस
नदी कटान र पहिरोका कारण बेनी – गलेश्वर सडक सास्तीपुर्ण
- 5 बर्ष, 1 महिना अगाडि
- १८ श्रावण २०७७, आईतवार
म्याग्दी, १८ साउन । दुई गाउँपालिकासहित मुस्ताङ जिल्लाको आवातजावात हुने बेनी–गलेश्वर सडकको जलेश्वर खण्डमा पहिरो र कालीगण्डकी नदीको कटानको कारण सास्ती पुर्ण भएको छ । सडक कटान र पहिरोले दुईहप्तासम्म सडक जोखिमपुर्ण हुदाँ सवारीसाधन र पैदलयात्रुलाई सास्ती छ । नदी कटानले सडक आधा लगेको छ, खाद्यान्न र विभिन्न विकास आयोजनाहरुको... पुरा पढ्नुहोस
विभिन्न कसुरमा फरार दश जना पक्राउ
- 5 बर्ष, 1 महिना अगाडि
- १७ श्रावण २०७७, शनिबार
म्याग्दी, १७ साउन । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विभिन्न मुद्धामा अदालतले दोषी ठहरिएका फरार १० जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । डाडाचोरी, गौबध, अनियमित बन पैदावार, सवारी ज्यान, बहुबिवाह लगायत कसुरमा दोषी ठहर भई कैद र जरिवाना तोकिएका व्यक्तिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका १० जना व्यक्तिहरुलाई १० वर्ष... पुरा पढ्नुहोस
विकास योजनाहरुमा ६७ प्रतिशत खर्च
- 5 बर्ष, 1 महिना अगाडि
- १७ श्रावण २०७७, शनिबार
म्याग्दी, १७ साउन । म्याग्दीमा चालू आर्थिक वर्ष २०७६/७७ मा संघ र प्रदेश कार्यालयबाट विकासतर्फ ६७ प्रतिशत बजेट खर्च भएको छ । जिल्लामा पुर्वाधारतर्फको बजेट निकासा संघ र प्रदेशको ४५ करोड २० लाख रुपैया खर्च निकास तेस्रो चौमासिकको असारमा भएको कोष तथा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । पहिलो... पुरा पढ्नुहोस
रुईसेटोलस्थित धुविचौरमा तिन घर विस्थापित
- 5 बर्ष, 1 महिना अगाडि
- १५ श्रावण २०७७, बिहीबार
म्याग्दी, १९ असार । घरसहित वरिपरिको जग्गा बग्न थालेपछि म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु रुईसे टोलस्थित धुविचौरमा तिन घर विस्थापित भएका छन् । अविरल बर्षापछि चिराचिरा परेको धुविचौरको बस्तीमा आकस्मिक रुपमा हुने ठुलो जनधनको क्षतिबाट जोगाउन तिन घरलाई सुरक्षित स्थान सारिएको हो । पुर्ण रुपमा जोखिममा परेको धनराज तुलाधर, अविनाश... पुरा पढ्नुहोस
बेनीमा आँखा उपचार केन्द्र संचालन
- 5 बर्ष, 1 महिना अगाडि
- १५ श्रावण २०७७, बिहीबार
म्याग्दी, १५ साउन । सदरमुकाम बेनीस्थित क्याम्पसचोकमा आँखा उपचार केन्द्र संचालन भएको छ । नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा म्याग्दीद्वारा आँखा उपचार केन्द्र सोमबारदेखि संचालनमा लिएको हो । हिमालय आखाँ अस्पताल पोखराको प्राविधिक सहयोगमा स्थापना गरिएको आखाँ उपचार केन्द्रको शुभारम्भ नेत्र ज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाँले गरेका थिए... पुरा पढ्नुहोस
बेनी नगरपालिकाद्धारा बाढी पहिरोबाट प्रभावितलाई राहत वितरण
- 5 बर्ष, 1 महिना अगाडि
- १४ श्रावण २०७७, बुधबार
म्याग्दी, १४ साउन । बेनी नगरपालिकाले असार र साउनमा अविरल बर्षासंगै आएको बाढी पहिरोबाट प्रभावित घरपरिवारलाई १० लाख ७ हजार रुपैया राहत वितरण गरेको छ । नगरपालिकाले बाढी,पहिरोबाट प्रभावित परिवारको क्षतिको मुुल्याकंन गरेर राहत वितरण गरेको हो । नगरपालिकाभित्र मंगलघाटमा रहेका पुलिस चौकीसहित २० घर पुर्ण क्षति, १९ घरहरुमा आँशिक... पुरा पढ्नुहोस
म्याग्दीको ६ स्थानीय तहमा साढे १० करोड बेरुजु
- 5 बर्ष, 1 महिना अगाडि
- १४ श्रावण २०७७, बुधबार
म्याग्दी, १४ साउन । महालेखा परीक्षकको प्रतिवेदन अनुसार म्याग्दीको ६ स्थानीय तहमा साढे १० करोड बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५७ औँ प्रतिवेदनमा आर्थिक बर्ष २०७५/०७६ मा म्याग्दीको ६ वटा पालिकामा १० करोड ५० लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको हो । महालेखाको तथ्याकं अनुसार बेनी नगरपालिकामा ३ करोड... पुरा पढ्नुहोस