उपाधिका लागि म्याग्दी र पर्वत भिड्ने

  • ७ फाल्गुन २०७७, शुक्रबार
  • 2043 पटक पढिएको

म्याग्दी, ७ फागुन । पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा म्याग्दी र पर्वत भिड्ने छन् ।
पोखरा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा म्याग्दीले तनहुँलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । म्याग्दीले तनहुँमाथि २५(११,२५(१९ र २५(१३ को सेटमा पराजित गर्यो ।

यस्तै दोस्रो सेमिफाइनलमा पर्वतले कास्कीलाई हराएर म्याग्दीसँगको भेट पक्का गर्यो ।पर्वतले कास्कीमाथि २५(१५, २५(२३ र २५(१२ को सेटमा जित निकाल्यो । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । पुरुषतर्फ तनहुँ संग हार्दै म्याग्दी सेमिफाईनलमा बाहिरिएको छ।

प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २–२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १–१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५–५ हजार पाउने छन् ।