म्याग्दी समाचार
ताकममा अस्पताल र वडा कार्यालय शिलान्यास
- 4 बर्ष, 10 महिना अगाडि
- २३ पुष २०७७, बिहीबार
ताकम, २३ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माण हुन लागेको अस्पताल र वडा कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ ।पाँच शैया क्षमताको अस्पताल भवनको निबर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले शिलान्यास गर्नुभएको हो ।कुल सात करोड १३ लाख रुपैयाँ लागत अनुमान... पुरा पढ्नुहोस
राहुघाट जलबिद्युत आयोजनाको ठेकेदारले ज्याला नदिएपछि मजदुर आन्दोलित
- 4 बर्ष, 10 महिना अगाडि
- २३ पुष २०७७, बिहीबार
म्याग्दी, २३ पुस । मजदुर आन्दोलनका कारण म्याग्दीको राहुघाट जलबिद्युत आयोजना निर्माण कार्य प्रभावित भएको छ । ४० मेगावाट क्षमताको राहुघाटको सिभिल ठेकेदार जयप्रकाश एशोसियट्सका मजदुरहरु ज्याला नपाएपछि आन्दोलनमा उत्रिदा बाँध, सुरुङ, बिद्युतगृह र सर्च साफ्ट निर्माण कार्य रोकिएको हो । आयोजनाका मजदुर तेजिन्द्र केसीले पाँच महिनादेखि रोकिएको तलब पाउनुपर्ने,... पुरा पढ्नुहोस
ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण हुने
- 4 बर्ष, 10 महिना अगाडि
- २३ पुष २०७७, बिहीबार
बेनी, २३ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोटमन्दिरको पुननिर्माण हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण हुन लागेको हो ।२०७२ सालको भुकम्पका कारण र पुरानो संरचनाका कारण जिर्ण बन्दै गएको मन्दिर पुननिर्माणमा ८५ लाख १८ हजार चार सय ९१... पुरा पढ्नुहोस
अजिङ्गर भीरमा सडक निर्माणको अन्तिम तयारी (फोटो फिचर)
- 4 बर्ष, 10 महिना अगाडि
- २२ पुष २०७७, बुधबार
म्याग्दी २२ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको अजिङ्गर भीरमा सडकको ट्याक निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको दरमिजा, चिमखोला र कुइनेमसंगले क्षेत्रका दुर्गम बस्तीलाई सिधा सडक सञ्जालमा जोड्नका लागि यस भीरमा सडक निर्माण गर्न लागिएको हो । बर्षौदेखि रोकिएको अजिङ्गर भीरको कडा चट्टान भएको भीरमा गत... पुरा पढ्नुहोस
नेकपामा विभाजन नभएर एकता प्रकृया नै टुटेको हो : पूर्वमन्त्री बस्नेत (भिडियो)
- 4 बर्ष, 10 महिना अगाडि
- २२ पुष २०७७, बुधबार
बेनी, २२ पुस । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले नेकपाको एकिकरण प्रकृया नै टुंगोमा नपुग्दै एकता प्रकृया टुटेको बताउनुभएको छ । नेकपाको भातृय संगठन राष्ट्रिय युवा संघ म्याग्दीको ओलि पक्षले बेनीमा बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले अहिले पार्टी विभाजन नभइ तत्कालिन एकता प्रकृया भंग... पुरा पढ्नुहोस
ओलि पक्षद्धारा बेनीमा युवा भेला, जनतालाई सहि सूचना दिन साइबर सेना जरुरी : नेता बस्नेत
- 4 बर्ष, 10 महिना अगाडि
- २१ पुष २०७७, मंगलवार
https://www.youtube.com/watch?v=BTCHWCO41VY म्याग्दी २१ पुस । सरकारद्धारा प्रतिनिधि सभा विघटन गरेपछि विघटनको अबस्थामा पुगेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूह शक्ति प्रदर्शनमा पुगेका छन् । प्रचण्ड नेपाल समूहले प्रधानमन्त्रीको संसद विघटनको विरोधमा विरोध सभा सम्पन्न गरेको छ भने ओली समूहले प्रधानमन्त्रीको कदमको स्वागतमा जिल्ला स्तरीय युवा भेला... पुरा पढ्नुहोस
म्याग्दी सहकारीको साधारण सभाः सपना रोका मगर सम्मानित (फाेटाे फिचर)
- 4 बर्ष, 10 महिना अगाडि
- २१ पुष २०७७, मंगलवार
काठमाण्डौ २१ पुस । काठमाण्डौमा रहेका म्याग्देलीहरुको अगुवाईमा सञ्चालित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभाको उद्घाटन गरिएको छ । सहकारीका अध्यक्ष थदेवी पुनको अध्यक्षतामा भएको कार्यक्रमको संस्थाका बरिष्ठ सल्लाहकार डा.ज्योति शेरचनले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएको छ । संस्थाको १३औं साधारणसभाको अवसरमा सामाजिक योगदान गरे... पुरा पढ्नुहोस
दिल्लीमा उपचारत गोकर्ण परियारलाई आर्थिक अभाव
- 4 बर्ष, 10 महिना अगाडि
- २१ पुष २०७७, मंगलवार
म्याग्दी, २१ पुष । खाना नलीमा समस्या देखिएपछि वाल्ड ल्यापरस्कोपी हस्पितल दिल्लीमा उपचार गराईराखेका म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु धुपिचौरका गोर्कण परियारलाई आर्थिक अभाव भएको छ । नेपालमा उपचार हुन नसकेपछि दिल्ली पुगेका परियारले उपचारमा आर्थिक सहयोगको अपिल गरेका हुन् । सिलाईकटाईबाट जीविकापार्जन गरेका परियारले खाना नली तन्केर शरिरमा समस्या देखिएपछि... पुरा पढ्नुहोस
गलेश्वर ज्येष्ठ नागरिक आश्रमबाट निकालिएकी बृद्धा सिडिओको सरणमा (भिडियो सहित)
- 4 बर्ष, 10 महिना अगाडि
- २० पुष २०७७, सोमबार
म्याग्दी २० पुस । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमबाट एक बृद्धालाई निकालिएको घटना बाहिर आएको छ । लामो समयदेखि आश्रममा बस्दै आउनुभएकी पर्वतको जलजला गाउँपालिका–७ की ७९ बर्षिया बृद्धा पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो । आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको सरणमा पुग्नुभएकी पौडेलले सोमबार प्रमुख... पुरा पढ्नुहोस
नेकपा प्रचण्ड नेपाल पक्षको बेनी नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला
- 4 बर्ष, 10 महिना अगाडि
- २० पुष २०७७, सोमबार
म्याग्दी २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले म्याग्दीका स्थानीय तहमा अगुवा कार्यकर्ता भेला तथा पशिक्षणलाई तिव्रता दिएको छ । मंगला, मालिका र धवलागिरि गाउँपलिकामा भेला तथा पशिक्षण सम्पन्न गरेको समुहले सोमबार बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा पशिक्षण सम्पन्न गरेको हो । नेकपा बेनी नगरपालिकाका... पुरा पढ्नुहोस