म्याग्दीमा थप ८२ जनामा कोरोना संक्रमण, ५३ जना निको भए

  • ३ जेष्ठ २०७८, सोमबार
  • 1202 पटक पढिएको

म्याग्दी ३ जेठ । म्याग्दीमा सोमबार थप ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नयाँ थप भएकामा बेनी नगरपालिकाका ५१ जना, रघुगंगा गाउँपालिकाका ११ जना गरी जम्मा ६२ जना(पिसिआरबाट) र रघुगंगा गाउँपालिकाका ३ जना, धवलागिरी गाउँपालिकाका १४ जना मंगला गाउँपालिकाका २ जना र अन्नपूर्ण गाउँपालिकामा १ जना गरी जम्मा २० जना(एन्टीजेन विधिबाट) कोरोना पुष्टि भएको हो ।

यो सगै म्याग्दीमा कोरोना संक्रमितको संख्या जम्मा संख्या ९६७ पुगेको छ । ८३१ पिसिआरबाट र १३६ एन्टीजेन विधिबाट पहिचान गरिएको हो । सोमबार नै जिल्लामा ५३ जना संक्रमित निको भएर आईसोलेशन मुक्त हुनु भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार, अहिले जिल्लामा ४४४ जना सक्रिय संक्रमित रहेका छन । अहिले सम्ममा अब ४१६ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ ।