नेपाली कांग्रेस म्याग्दीको एम्बुलेन्स सेवा र ‘फुड बैंक’ स्थापना

  • २ जेष्ठ २०७८, आईतवार
  • 1281 पटक पढिएको

म्याग्दी, जेठ २ । कोरोनाको दोस्रो लहरसँगै संक्रमतिको उपचारका लागि एम्बुलेन्स र जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी नेपाली कांग्रेस म्याग्दीले ‘फुड बैंक’ स्थापना गरिएको छ। तिब्र गतिमा फैलिएको संक्रमणले निषेधाज्ञा थप हुने अवस्था देखिएपछि जिल्लाभित्र उपचारमा सहज हुने गरी एम्बुलेन्स, हेल्प डेक्सको स्थापनाका साथै खाद्यन्न लगायतको सहयोगका लागि ‘फुड बैंक’ स्थापना गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । हरेक दिन संक्रमतिको संख्या उकालो लागेपछि पार्टीले तीनवटै अभियानलाई एकसाथ सञ्चालन गर्न लागेको पार्टी सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले बताए ।

‘विपद्को समयमा हामी सधै म्याग्देली जनताको साथमै छौ,‘उपचारको अभाव र भोकभोकै बस्न नपरोस् भनेर समुदायस्तरमै पुग्ने गरी अभियानको थालनी गरेका छौ’ सभापति गर्बुजाले भने । उनले कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले घर बाहिर ननिस्कन समेत अनुरोध गदैं उपचार र खाद्यान्नको समस्या परेमा सम्पर्क गनै समेत अपिल गरेका छन् ।नेपाली कांग्रेसको तरुण दलले स्थानीय तहमा उपचारमा सघाइरहेको अवस्थामा पार्टीले समेत सदरुकामबाट बाहिर उपचारमा समस्या हुन नदिन थप सवारीसाधनको ब्यवस्थापन गरेको सहसचिव भरत रकालले बताए ।

उनका अनुसार पार्टी कार्यालयमा कोरोना हेल्प डेक्सको समेत स्थापना गरी समस्यामा परेकालाई सम्बन्धित निकायमा जानकारी सहित फुड बैंकमा खाद्यन्न सङ्कलन भइरहेको बताए । ‘चाहिनेलाई दिन्छौ, दिन सक्नेहरुबाट सहयोग लिन्छौ’सहसचिव रकालले भने । म्याग्दीमा दोस्रोपटक निषेधाज्ञाका थपिएका कारण विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले स्थापना गरिएको ‘फुड बैंक’ लाई प्रभावकारी बनाउन उपसमिति नै गठन गर्ने कांग्रेसले जनाएको छ । सोही अवसरमा गाउँमा समस्यामा परेका कृषकको समस्यालाई समेत सहजीकरण भइरहेको सह–सचिव रकालले बताए । उनले अभियानमा सहभागी हुन समेत अपिल गरेका छन् ।