रघुगंगा गाउँपालिकामा कोरोना संक्रमितलाई आयुर्वेदीक औषधी वितरण, घरघरमा पुगेर अवस्था बुझ्न अभियान (तस्बिर सहित)

  • ३ जेष्ठ २०७८, सोमबार
  • 1886 पटक पढिएको

म्याग्दी ३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा कोरोना संक्रमित विरामीहरुलाई उपचार र परामर्श संगै शक्तिवद्र्धक आयुर्वेदीक औषधी समेत वितरण गर्न थालिएको छ ।

गाउँपालिकामा रहेको आयुर्वेद औषधालयबाट संक्रमितको उपचार भैरहेको पिप्ले स्थित कोभिड अस्पताल र होम आइसोलेसनमा रहेका संक्रमितलाई घरघरमा पुगेर रोगप्रतिरोधात्मक शक्ति बढाउने र भिटामिनयुक्त औषधीहरु उपलब्ध गराउन थालिएको आयुर्वेद स्वास्थ्य शाखाका प्रमुख लक्ष्मण चालिसेले जानकारी दिनुभयो ।

उहाँका अनुसार, संक्रमितहरुलाइ चेवन परस, भिटामिन सि युक्त आमलची चुर्ण, असोगन्ध चुर्ण, रोगप्रतिरोधात्मक क्षमता बढाउने चियाका लागि चिरकटु, यस्टीमधु, गुर्जो मिसाएर खुवाउने गरिएको छ । पिप्लेमा रहेको कोभिड अस्थायी अस्पतालमा भर्ना भएका विरामीहरुलाई उपचार संगै रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदीक विज्ञहरुबाट सिफारिस भएका औषधीहरु उपलब्ध गराउने गरिएको अस्पतालका डाक्टर सन्तोष प्रसाद बोहराले जानकारी दिनुभयो ।


यसैबिच गाउँपालिकाको विभिन्न वडाहरुमा कोरोना संक्रमण बढ्न थालेपछि गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीहरुको टोलीले संक्रमितको अबस्था बुझन र आवश्यक औषधीहरु घरघरमा पु¥याउने अभियान समेत सञ्चालन गरिएको छ । सोमबार गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी, स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाही, आयुर्वेद औषधालय प्रमुख लक्ष्मण चालिसेले वडा नम्बर ४ दग्नाममा पुगेर संक्रमितहरुको अबस्था बुझने र उनीहरुलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने र संक्रमितलाई आबश्यक पर्ने अत्यावश्यक औषधीहरु उपलब्ध गराउनुभएको छ ।

टोलीले दग्नाममा थपिएका कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ समेत गरेको छ । वडा नम्बर ४ दग्नाममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै संक्रमित होम आईसोलेसनमा रहेका छन् ।