लायन्स क्लव बेनी पिस सिटीको निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा

  • ३ जेष्ठ २०७८, सोमबार
  • 1219 पटक पढिएको

म्याग्दी ३ जेठ । म्याग्दीमा कोरोना संक्रमतिको संख्या बढ्दै गएको र संक्रमितहरुलाई उपचारको लागि अस्पतालमा लैजान यातायातको समस्या आउन नदिन सामाजिक एवम् मानवीय सेवामा सक्रिय लायन्स क्लव बेनी पिस सिटीले निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ ।


क्लवले पहिलो चरणमा निशुल्क एम्बलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको क्लवका अध्यक्ष खम थापा मगरले जानकारी दिनुभयो । जिल्लाका जुनसुकै ठाउँका कोरोना संक्रमतिलाई बेनी अस्पताल तथा पोखरासम्म लैजाने गरी एम्बुलेन्स सेवाको लागि प्रवन्ध मिलाईएको क्लबले जनाएको छ । क्लवले कोरोनाका कारण समस्यामा परेकालाई कुनै सहयोग वा परामर्श आवश्यकता परेमा सम्पर्क गर्न समेत अपिल गरेको छ ।