म्याग्दी समाचार

म्याग्दी सहकारीको साधारण सभाः सपना रोका मगर सम्मानित (फाेटाे फिचर)

काठमाण्डौ २१ पुस । काठमाण्डौमा रहेका म्याग्देलीहरुको अगुवाईमा सञ्चालित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभाको उद्घाटन गरिएको छ । सहकारीका अध्यक्ष थदेवी पुनको अध्यक्षतामा भएको कार्यक्रमको संस्थाका बरिष्ठ सल्लाहकार डा.ज्योति शेरचनले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएको छ । संस्थाको १३औं साधारणसभाको अवसरमा सामाजिक योगदान गरे... पुरा पढ्नुहोस

दिल्लीमा उपचारत गोकर्ण परियारलाई आर्थिक अभाव

म्याग्दी, २१ पुष । खाना नलीमा समस्या देखिएपछि वाल्ड ल्यापरस्कोपी हस्पितल दिल्लीमा उपचार गराईराखेका म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु धुपिचौरका गोर्कण परियारलाई आर्थिक अभाव भएको छ । नेपालमा उपचार हुन नसकेपछि दिल्ली पुगेका परियारले उपचारमा आर्थिक सहयोगको अपिल गरेका हुन् । सिलाईकटाईबाट जीविकापार्जन गरेका परियारले खाना नली तन्केर शरिरमा समस्या देखिएपछि... पुरा पढ्नुहोस

गलेश्वर ज्येष्ठ नागरिक आश्रमबाट निकालिएकी बृद्धा सिडिओको सरणमा (भिडियो सहित)

म्याग्दी २० पुस । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमबाट एक बृद्धालाई निकालिएको घटना बाहिर आएको छ । लामो समयदेखि आश्रममा बस्दै आउनुभएकी पर्वतको जलजला गाउँपालिका–७ की ७९ बर्षिया बृद्धा पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो । आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको सरणमा पुग्नुभएकी पौडेलले सोमबार प्रमुख... पुरा पढ्नुहोस

नेकपा प्रचण्ड नेपाल पक्षको बेनी नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला

  म्याग्दी २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले म्याग्दीका स्थानीय तहमा अगुवा कार्यकर्ता भेला तथा पशिक्षणलाई तिव्रता दिएको छ । मंगला, मालिका र धवलागिरि गाउँपलिकामा भेला तथा पशिक्षण सम्पन्न गरेको समुहले सोमबार बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा पशिक्षण सम्पन्न गरेको हो । नेकपा बेनी नगरपालिकाका... पुरा पढ्नुहोस

बेनीको फोहोरमा तीनदिनदेखि आगलागी, प्रदुषणले स्थानीयबासी समस्यामा (भिडियाे)

बेनी, २० पुस । म्याग्दी सदरमुकाम बेनी बजार क्षेत्रको फोहोर ब्यवस्थान हुँदै आएको बेनी नगरपालिका–६ स्थित ठुलो पहिरोमा जम्मा गरिएको फोहोरमा आगलागी भएपछि यस क्षेत्रमा प्रदुषण फैलिएको छ । गत शनिवारदेखि फोहोरमा आगलागी भएपछि फोहोरको दुर्गन्धयुक्त धुँवाले आसपासका बजार र बस्तीमा प्रदुषण फैलिएको छ । लगातार फोहोरको आगलागीको धुँवाले सताउन... पुरा पढ्नुहोस

बालमन्दिर आधारभुत विद्यालयको नवनिर्मित भवनको उद्घाटन

बेनी २० पुस । म्याग्दीको बेनी नगरपालिका –८,कालिपुल स्थित बाल मन्दिर आधारभुत विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति एवं शिक्षक अभिभावक संघ पुर्नगठन गरिएको छ । राष्ट्रिय पुन निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा ,नगपालिका र विद्यालयको आन्तरिक श्रोतबाट निर्माण भएको चार वटा सटरसहितको बहुद्धेश्यीय भवनको आइतबार एक... पुरा पढ्नुहोस

गाउँको चिनारी : ‘ढुंगाका घर, परालको टौवा’ (फोटो कथा)

बेनी, १९ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम गाउँमा परम्परागत ढुंगाले छाएर बनाएका घरहरु र घरका छेउमा हिउँदे घाँसका लागि बनाईएको परालका टौवा । धानको पराललाई गाइभैसीको घाँसका लागि हरेक किसानको घरमा टौवा बनाएर राख्ने गरिन्छ । ताकम धान उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँका हरेक घरधुरीमा धान खेती... पुरा पढ्नुहोस

अरुणा शाहीलाई अवार्ड जिताउन ‘भोट गर्न अपिल’

म्याग्दी १९ पुस । नेपाल खेलकुद पत्रकार मञ्चको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पर्नुभएकी राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई बिजयी गराउन गृहजिल्ला म्याग्दीमा ‘भोट अपिल’ अभियान सुरु भएको छ । जिल्ला भलिबल संघ म्याग्दीको अगुवाईमा भोट अपिल अभियान सञ्चालन गरिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएर राष्ट्रिय महिला... पुरा पढ्नुहोस

ओली समुहको बेनीमा कार्यकर्ता भेला

  म्याग्दी, १९ पुष । नेपाल कम्युनिष्ट पाटीको ओली समुहले शनिबार सदरमुकाम बेनीमा अगुवा कार्यकर्ता भेला गरेको छ। भेलालाई नेकपाका स्थायी कमिटी सदस्य किरण गुरुङले ताजा जनादेशको विकल्प रोज्नु असंवैधानिक कदम हुन नसक्ने बताए । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ताजा जनादेशका लागि जनतामा जानु लोकतान्त्रिक कदम भएको जिकिर गरे... पुरा पढ्नुहोस

गायत्री र राम मन्दिरमा न्यानो कपडा वितरण

  म्याग्दी, १९ पुष । धार्मिकस्थल गायत्री मन्दिर र राम मन्दिरमा रहेका पुजारी, बृद्धबृद्धालाई एक यूवा ब्यवसायीले न्यानो कपडा र मास्क सहयोग गरेका छन् । बेनी नगरपालिका–७ संगम चोकमा रहेको धर्मनारायण ईन्टरप्राईजेज र सुविन भाँडा पसलका सञ्चालक सुविन श्रेष्ठले मन्दिरका पुजारी, आश्रमका ज्येष्ठ नागरिक सहित विपन्न गरी १९ जनालाई न्यानो... पुरा पढ्नुहोस