राष्ट्रिय युवा संघ रघुगंगा कमिटीद्धारा स्वास्थ्य सामाग्री सहयोग
- १७ जेष्ठ २०७८, सोमबार
- 804 पटक पढिएको
म्याग्दी १७ जेठ । राष्ट्रिय युवा संघ नेपाल रघुगंगा गाउँपालिका कमिटिले कोरोना नियन्त्रण र रोकथाममा सघाउन रु २० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको उपचारमा सघाउने उदेश्यले रु २० हजार बराबरको अक्सिमिटर र थर्मोमिटर सहयोग गरिएको हो ।
राष्ट्रिय युवा संघ नेपाल रघुगंगा गाउँपालिका कमिटिका अध्यक्ष रमेश गुरुङले गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी , कोभिड अस्पतालका डाक्टर सन्तोष प्रसाद बोहरा र प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीलाई ७ थान पल्स अक्सिमिटर र १० थान थर्मोमिटर हस्तान्तरण गर्नुभएको थियो । कोरोनाको लक्षण देखिएर र पुष्टि भएर घरमै बसेका विरामीहरुले आफ्नो अक्सिजन र ज्वरोको अबस्था आफै पत्ता लगाउन र समयमै उपचार गराउनको लागि सहयोग पुगोस भन्ने उदेश्यले उक्त सामाग्री सहयोग गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
प्राप्त स्वास्थ्य सामाग्रीलाई आबश्यकताको आधारमा महिला स्वास्थ्य स्वयमसेविका र स्वयमसेवकहरु मार्फत विरामीको चेकजाँचको लागि प्रयोग गरिने जानकारी दिँदै प्रमुख प्रशासकिय अधिकृत सुवेदीले सहयोगप्रति आभार प्रकट गर्नुभयो । अध्यक्ष गुरूङले व्यक्तिगत रूपमा पनि यस अघि कोभिड अस्पतालमा उपचारको लागि खटिने स्वास्थ्यकर्मीहरुको लागि समेत रु १० हजार बराबरको फेस शिल्ड, सेनिटाइजर।, ग्लोब्स, मास्क लगायतका सामाग्री सहयोग गर्नुभएकाे थियाे ।