म्याग्दीमा एकहप्ता लगडाउन थपियो

  • १६ जेष्ठ २०७८, आईतवार
  • 1464 पटक पढिएको

म्याग्दी, १६ जेठ । म्याग्दीमा एक हप्ता लकडाउन थपिएको छ । आईतबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले थप एक साता लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जेठ २४ गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेका हुन् ।

खाद्यान्न तथा तरकारी लगायतका कृषि औजार र विउविजनका पसलहरु विहान ५ बजेदखि १० बजेसम्म खुल्ने प्रजिअ अधिकारीले जानकारी दिनुभयो । बैकँ तथा सहकारीहरु आईतबार र बुधबार विहान १० बजेदेखि २ बजेसम्म खुल्ने छन् । विकास निर्माणका सामाग्रीहरु र खाद्यान्नहरु लोड अनलोडका लागि रातको समयलाई गरिएको जानकारी दिए । सवारीसाधनले विरामी बाहेक यात्रुहरु बोक्न पाउने छैन्न ।

म्याग्दीमा गत बैशाख २२ गतेदेखि लकडाउन भएको थियो । तेस्रो चरणको लगडाउन जेठ १७ गते सकिदै थियो । पहिलो चरणमा बैशाख ३१ गतेसम्म, दोस्रो चरणमा जेठ १० गतेसम्म, तेस्रो चरणमा जेठ १७ सम्म र चौथो चरणमा जेठ २४ गते सम्म लगडाउन थपिएको छ ।

म्याग्दीमा आईतबारसम्म कोरोना संक्रमितको संख्या १ हजार ८९५ जना पुगेका छन् । पिसिआरबाट १४४५ जना र एन्टिजेनबाट ४५० जना संक्रमित पहिचान भएका हुन् । हालसम्म २७९ जना संक्रिय कोरोना संक्रमित स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।