अमेरिकामा रहेका राखुबासीद्धारा कोरोना रोकथाम र उपचारको लागि ४ लाख ८७ हजार बढी सहयोग

  • १६ जेष्ठ २०७८, आईतवार
  • 1643 पटक पढिएको

म्याग्दी १६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा कोरोना नियन्त्रण, रोकथाम र विरामीको उपचारमा सघाउन अमेरिकामा रहेका राखुबासीले ४ लाख ८७ हजार ७ सय ४७ आर्थिक सहयोग गरेका छन् । गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा परिचालन गर्ने गरि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा अमेरिकामा रहेका राखुबासीहरुले उक्त सहयोग रकम जम्मा गरेका हुन् ।
रखाल समाज अमेरिकाको पहलमा अमेरिकामा रहेका राखुबासीबाट सहयोग संकलन गरिएको थियो । अमेरिकामा संकलन भएको उक्त सहयोग रकम गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा भैसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । अमेरिकामा २५ जना सहयोगदाताले सहयोग गर्नुभएको छ । रखाल समाज अमेरिकाले १ हजार डलर सहयोग गरेको जनाइएको छ ।

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा अहिलेसम्म १३ लाख २९ हजार ७४७ हजार नगद र १ लाख ६६ हजार १४१ बराबरको औषधी र स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको गाउँपालिकाले जनाएको छ । ‘कोरोना नियन्त्रणमा स्थानीय तहसंग सहयोगदाताहरु जोडिने क्रम जारी छ, संकटको समयमा पनि देश विदेशमा रहेका रघुगंगाबासी मात्रै नभएर अन्य सहयोग दाताहरु मार्फत पनि सहयोग आइरहेको छ, महामारीको समयमा स्थानीय तहलाई थप क्रियाशिल र अभाबरहित बनाउने अभियानमा जोडिनुभएका सबै सहयोगदाताहरुप्रति आभारी छौँ’’ गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले भन्नुभयो ।

उहाँले कोषमा जम्मा हुने रकमबाट कोरोनाको नियन्त्रण, रोकथाम र संक्रमितको उपचार लगायतका क्षेत्रमा परिचालन गरिने र रकम बचत भएमा दिर्घकालिन रुपमा स्वास्थ्य सेवाको पहँुच र गुणस्तर सुधारका क्षेत्रमा परिचालन गरिने जानकारी दिनुभयो । रघुगंगा गाउँपालिकाले सहयोगलाई एकद्धारा प्रणली मार्फत परिचालन गर्ने गरि ‘रघुगंगा गाउँपालिका प्रकोप व्यवस्थापन कोष’ को खाता नम्बर १६३०११००२३०००१७८ मा सहयोग जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ ।

           अमेरिकाबाट प्राप्त सहयोगको विवरण