म्याग्दी समाचार

म्याग्दी उद्योग वाणिज्य संघमा कटुवालको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन

म्याग्दी २५ माघ ।  म्याग्दी उद्योग वाणिज्य संघको २७औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा सर्वसम्मतिले कार्यसमिति चयन भएको छ । शनिबार राती सम्पन्न अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, द्धितिय उपाध्यक्ष लिलाराम गौतम, महासचिव अमित बानियाँ, कोषाध्यक्ष सुर्वण रिजाल, सचिव सुमन श्रेष्ठ,सह–सचिव बाबुराम आचार्य,सह–कोषाध्यक्ष... पुरा पढ्नुहोस

प्रतिनिधिसभा विघटनबारे अदालतको फैसला कुर्नु नै उत्तमः राष्ट्रिय सभा अध्यक्ष तिमल्सीना (तस्बीर/भिडियाे)

  https://www.youtube.com/watch?v=ICxkdvETzV8&t=16s   बेनी, २४ माघ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालनको फैसलालाई आत्मसाथ गरि अघि बढ्नुपर्ने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको २७ औँ बार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनको शनिवार बेनीमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि उत्पन्न... पुरा पढ्नुहोस

नेकपा नेतृ झाँक्री र नेता पौडेल बेनीमा आउँदै

म्याग्दी २४ माघ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को प्रचण्ड–नेपाल पक्षले बेनीमा मोर्चा संगठनहरुको संयुक्त भेला तथा प्रशिक्षण गर्ने भएको छ । माघ २५ गते आयोजित उक्त कार्यक्रममा नेकपाका गण्डकी प्रदेश ईन्चार्ज देवेन्द्र पौडेल र अनेरास्ववियूकी पूर्व अध्यक्ष एवम् युवा नेतृ रामकुमारी झाँक्रीले सम्बोधन गर्ने जनाईएको छ । प्रधानमन्त्री... पुरा पढ्नुहोस

म्याग्दीमा बर्षा संगै मध्य पहाडसम्म नै हिमपात

म्याग्दी २४ फागुन । म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि यस बर्षको पहिलो हिमपात भएको छ । माथिल्लो हिमाली बस्तीहरुमा शुक्रवार देखि नै हिमपात सुरु भएपनि तत्लो क्षेत्रमा भने शनिवार विहानदेखि मात्रै हिमपात भएको हो । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । गयरातीदेखि परेको  बर्षासंगै हिमपात... पुरा पढ्नुहोस

सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएकी ८५ बर्षिया भण्डारीलाई सम्मान

म्याग्दी २४ माघ । यहाँकी एक बृद्धाले आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ ,भगवतिकी नैनकली भण्डारीले आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको हो ।मंसिरदेखी यता जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक... पुरा पढ्नुहोस

बेनी खानेपानीमा नयाँ संचालक समिति चयन, अध्यक्षमा रेग्मी

म्याग्दी २३ माघ । म्याग्दी सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्ति गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा माधव प्रसाद रेग्मी चयन हुनुभएको छ । शुक्रबार सम्पन्न २१ औ वार्षिक साधारणसभा तथा १० औ अधिबेशनले रेग्मीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ संचालक समिति चयन गरेको हो । संचालक समितिको उपाध्यक्षमा... पुरा पढ्नुहोस

नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा मालिकामा अगुवा कार्यकर्ता प्रशिक्षण

म्याग्दी २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले जिल्लाको मालिका गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गराएपछि ओलीको प्रतिगामी कदमका विरुद्धमा नेकपाको प्रचण्ड नेपाल पक्षले आन्दोलन र कार्यकर्ता भेला तथा प्रशिक्षणलाई तिब्रता दिएको छ । मालिका... पुरा पढ्नुहोस

दाना–कुश्मा प्रसारण आयोजना सम्पन्न नहुँदै उद्घाटन

म्याग्दी २३ माघ ।  नेपालकै दोस्रो ठूलो राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत निर्माण भएको सबस्टेसन तथा प्रसारण लाइन प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरेका छन् । आयोजनाको काम पूरा नहुँदै प्रधानमन्त्री ओलीले ऊर्जामन्त्री टोपबहादुर रायमाझीको उपस्थितिमा भर्चुअल उद्घाटन गरेका हुन् । आयोजनाअन्तर्गत कुश्मा नगरपालिका—२ खुर्कोटस्थित २२०र१३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,... पुरा पढ्नुहोस

दाना– कुश्मा प्रशारण लाइन र सब–स्टेशन उद्घाटन (फोटो फिचर)

खुर्कोट, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार म्याग्दीको दाना र पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको प्रशारण लाइन तथा सबस्टेशनको भर्चुअल बिधिबाट उद्घाटन गर्नुभएको छ । बालुवाटार स्थित एक्सन रुमबाट कुश्मा–२ खुर्कोटमा रहेको सबस्टेशन उद्घाटन गर्नुभएको प्रधानमन्त्री ओलीले नेपाल अब बिद्युत निर्यातको बाटोमा अघि बढेको बताउनुभयो । बिहान... पुरा पढ्नुहोस

नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा रघुगंगामा अगुवा कार्यकर्ता भेला (फोटो फिचर)

म्याग्दी २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले रघुगंगा गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न गरेको छ । नेकपा रघुगंगा गाउँपालिका कमिटीका सचिब हरि भण्डारीको अध्यक्षतामा भएको भेलालाई नेकपा म्याग्दीका अध्यक्ष एवम संविधान सभा सदस्य गोविन्द पौडेलले प्रधानमन्त्री ओली लामो संर्घष र बलिदानबाट प्राप्त उपलब्धीहरुलाई... पुरा पढ्नुहोस