म्याग्दी समाचार

बेनी नगरपालिकाको साढे ५८ करोड रुपैयाको बजेट पारित

म्याग्दी, १८ असार । बेनी नगरपालिकाले  आगामी आर्थिक वर्ष २०७७/७८ काे साढे ५८ करोड रुपैया बजेट पारित गरेको छ । यही असार १० गते सातौ नगरसभामा नगरउपप्रमुख सञ्जु बरुवालले ५८ करोड ५५ लाख ४३ हजार २६४ रुपैया बजेट विहिबार बसेको नगरसभाले पारित गरेको हो । आगामी आर्थिक बर्षको प्रस्तुत नीति... पुरा पढ्नुहोस

बोयर बाख्रा पालनमा तोरीपानीका आनन्द रिजाल

  म्याग्दी, १८ असार । बेनी नगरपालिका ९ तोरीपानी आनन्द रिजालले विगत ३ बर्षदेखि उन्नत जातका बोयर बाख्रा पालन गर्दै आएका छन् । २०७० सालदेखि स्थानीय जातका बाख्रा पालनबाट कम आम्दानी भएपछि रिजालले नेपाली बजारमा भएको माग अनुसार बोयर बाख्रालाई मध्यनजर गर्दै ३ बर्षअघि अस्टेलियाबाट ३ वटा बोयर पाठा लिएर... पुरा पढ्नुहोस

जुवाखालबाट सातजना जुवाडे प्रहरीको नियन्त्रणमा (नामसहित)

म्याग्दी, १८ असार । म्याग्दीको बेनी नगरपालिका–८ बेनीबजारस्थित कालीपुलबाट जुवा खेल्दै गरेको अवस्थामा बुधबार साझँ प्रहरीले नगद सहित सात जना जुवाडे पक्राउ परेका छन् । प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरका अनुसार कालीपुलको गंगा शेरचनको घरबाट जुवा खेलीरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको हो । जुवाखालबाट निरोज भण्डारी, पुरन शाही, चन्द्रबहादुर क्षेत्री,... पुरा पढ्नुहोस

विदेशको कमाई गाउँमै ब्यवसायीक बाख्रापालनमा लगानी

धिरन खत्री म्याग्दी, १६ असार । १० बर्ष दक्षिण कोरिया बसेर फर्किएका बेनी नगरपालिका –१० पात्लेखेतका ४० बर्षिय भविन्द्र पाईजाले विदेशमा कमाएको पैसा र सिपलाई प्रयोग गरेर ब्यवस्थित संरचना निर्माण गरी गाउँमा बाख्रापालन गरेका छन् । विदेश बसेर स्वदेशको महत्व बुझेका पाईजाले ३ बर्ष अघि जन्मगाउँ फर्किएर ३५ लाख रुपैयाँ... पुरा पढ्नुहोस

गलेश्वरमा रहेको फर्निचर उद्योगमा आगोलागी

  म्याग्दी, १६ असार । बेनी नगरपालिका –९ गलेश्वरमा रहेको राम लक्ष्मण फर्निचर उद्योगमा आगोलागीले पूर्णरूपमा क्षति पुगेको छ । गएराती भएको आगोलागीबाट उद्योगमा रहेका उपकरण, पूर्वाधार, काठ र तयारी अवस्थाका फर्निचरका सामान जलेर नष्ट भएको हो । आगोलागीबाट पचास लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको उद्योगका सञ्चालक रुद्रबहादुर खत्रीले... पुरा पढ्नुहोस

ट्राफिक प्रहरीलाई लायन्स क्लब बेनी पिस सिटीको सहयोग

म्याग्दी १५ असार । लायन्स क्लब अफ बेनी पिस सिटीले जिल्ला ट्राफिक कार्यालयलाई एन ९५ मास्क, ग्लोस्स र सेनिटाइजर सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र ट्राफिक ब्यवस्थापनमा खटिएका ट्राफिकलाई क्लवका पूर्व अध्यक्ष एवम् लायन्स क्लव ३२५ बि १ नेपालका बर्ष २०२०–२१ का रिजन चियरपर्सन लोकेश पुन... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाले सलह किरा ल्याउनेलाई नगद पुरस्कार दिने

म्याग्दी, १५ असार । भारत हुँदै नेपाल पसेको सलह किरा नियन्त्रण गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना जारी गदै सलह किरा मार्नेलाई नगद पुरस्कार दिने निर्णय सार्वजनिक गरेको छ । किसानको बाली जोगाउन सलह किरा टिपेर ल्याउने पुरस्कार स्वरुप प्रतिकिलो रु १५ दिने निर्णय गरेको हो । गण्डकी प्रदेशभित्रका विभिन्न जिल्लामा... पुरा पढ्नुहोस

सडकको बाढी नियन्त्रण नहुँदा राहुघाटबस्ती जोखिममा (तस्विर सहित )

म्याग्दी, १५ असार । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ राहुघाट बस्ती बाढीको चपेटामा परेको छ । गलेश्वर, पिप्ले हुदै भगवती पुग्ने सडक स्तरोन्नती योजनामा ब्यवस्थित तवरले भलबाढी नियन्त्रण नगर्दा गलेश्वरपारी पट्टी राहुघाट नदीको किनारमा रहेको बस्ती जोखिममा परेको हो । गलेश्वरदेखि पिप्ले खण्डमा सडक विस्तार गर्दा नाली ब्यवस्थापन नगरिदाँ सडकहुदैँ जम्मा... पुरा पढ्नुहोस

बेनी – अर्थुङ्गे सडक अन्तरगत आपा रुखमा हिलाम्मे, जनतालाई सधै सास्ती

म्याग्दी, १५ असार । बेनी नगरपालिकाको बेनी–अर्थुङ्गे सडकखण्ड अन्तरगत आपा रुखमा हिउँद बर्ख पानी परेपछि हिलाम्मे हुदाँ सवारीसाधन र जनताले सधै सास्ती भोग्दै आएका छन् । बेनीदेखि जाने जीप, मोटरसाईकल, ट्याक्टर र पैदलयात्रामा हिड्ने जनताले आवातजावतमा सास्ती भोग्दै आएका हुन् । ट्रयाक खुलेको २७ बर्ष पुगेको बेनी अर्थुङ्गे सडकको सास्तीप्रति... पुरा पढ्नुहोस

सुरक्षा मापदण्ड कार्यान्वयन गर्न प्रहरीद्धारा बेनीबजार अनुगमन

म्याग्दी, १५ असार । लकडाउन (बन्दाबन्दी) खुकुलो गर्ने नेपाल सरकारको निर्णयसँगै व्यापार व्यवसाय र व्यक्तिगत हिँडडुलबाट सम्भावित समुदायमा कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले बजार अनुगमनलाई तिब्रता दिएको छ । प्रहरी नायव उपरीक्षक किरण जंग कुँवरको नेतृत्वमा प्रहरीबाट बेनीबजारका करिब ३५० वटा पसल, व्यवसाय... पुरा पढ्नुहोस