रघुगंगा गाउँपालिकाका ३ वटा वडामा एमालेको नयाँ नेतृत्व चयन
- ६ कार्तिक २०७८, शनिबार
- 891 पटक पढिएको
म्याग्दी ६ कात्तिक । नेकपा एमाले म्याग्दीले रघुगंगा गाउँपालिकाको ३ वटा वडामा शनिबार अधिवेशन सम्पन्न गरेको छ । जस अन्तर्गत वडा नं २ भगवती, वडा नम्बर ३ पिप्ले र वडा नम्बर ५ पाखापानीमा अधिवेशन सम्पन्न भएको हो ।
भगवतीमा अध्यक्षमा धु्रव सुबेदी , उपाध्यक्षमा बालकृष्ण खत्री, सचिवमा अमृत भण्डारी, उपसचिवमा रसिना परियार र मन बहादुर कार्की सहित ३१ सदस्यीय वडा कमिटि सर्वसम्मत रुपमा चयन गरिएको छ । त्यस्तै पिप्लेमा सुमन पौडेलको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ ।
कमिटिको उपाध्यक्षमा पवन मल्ल, सचिवमा भरतराज सुबेदी, उपसचिवमा जित बहादुर खत्री र टिका सेनलाई चयन गरिएको छ । त्यस्तै पाखापानीमा ट प्रसाद शेरपुन्जाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा सुप बहादुर दर्जी, सचिवमा सोम बहादुर शेरपुन्जा, उपसचिवमा दिवा शेरपुन्जा पुन र प्रत बहादुर पुन चयन हुनुभएको छ । । रघुगंगा गाउँपालिकाको बाँकी वडाहरुमा कार्तिक ७ र ८ गते अधिबेशन सम्पन्न गरिने एमाले म्याग्दीले जनाएको छ ।