मुलुक
गण्डकीमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु
- 4 बर्ष, 7 महिना अगाडि
- २ जेष्ठ २०७८, आईतवार
पोखरा २, जेठ । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या यो हालसम्मकै धेरै हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखरास्थित विभिन्न अस्पतालमा भर्ना भएका २८ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले बताए । उनका अनुसार... पुरा पढ्नुहोस
थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
- 4 बर्ष, 7 महिना अगाडि
- २ जेष्ठ २०७८, आईतवार
म्याग्दी २ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए... पुरा पढ्नुहोस
प्रेस संगठन नेपाल बागलुङको भिडियो कन्फ्रेन्स बैठक: कोरोना संकटमा हेल्प डेस्क निर्माण गरिने
- 4 बर्ष, 7 महिना अगाडि
- २ जेष्ठ २०७८, आईतवार
जेठ १ बागलुङ । प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति बागलुङको बैठक सम्पन्न भएको छ । कोरोना महामारीमा अग्रपंतीमा खटिने पत्रकारको सुरक्षा र संक्रमित पत्रकारलाई सहयोग गर्ने उद्देश्य सहित प्रविधिको प्रयोग गरी भिडियो कन्फ्रेन्स बैठक मार्फत गरिएको हो । बैठकमा कोरोनाको महामारीमा अग्रपंतीमा रहेर जनतालाई सूचना प्रवाह गरिरहेका पत्रकारको स्वास्थ्यस्थितिबारे छलफल... पुरा पढ्नुहोस
महामारीमा विवाह भोज : जस्ले लियो एक सातामा एकै घरका चारको मृत्यु
- 4 बर्ष, 7 महिना अगाडि
- २ जेष्ठ २०७८, आईतवार
नारायण रिजाल बागलुङ २ जेठ । कोरोना संक्रमणबाट बागलुङ जिल्लाको बडिगाडमा विवाह भोजमा सहभागी एकैघरका चारजनाको मृत्यु भएको छ । एक साताको अवधिमा बडिगाड गाउँपालिका–४ जलजलाका एकैघरका बाबु, दुई छोरा र एक छोरीको मृत्यु भएको छ । केही हप्ताअगाडि आफ्नै परिवारको विवाह भोजमा सहभागी हुँदा कोरोना संक्रमित भएका चारजनाको एक... पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट थप ८१६७ संक्रमित थपिए ,१८७ जनाको मृत्यु
- 4 बर्ष, 7 महिना अगाडि
- १ जेष्ठ २०७८, शनिबार
काठमाण्डौ १ जेठ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या... पुरा पढ्नुहोस
माधव नेपालसहित चारजना एमाले नेताको कारवाही फुकुवा
- 4 बर्ष, 7 महिना अगाडि
- ३० बैशाख २०७८, बिहीबार
काठमाडौं ३० वैशाख। नेकपा ९एमाले)ले वरिष्ठ नेता नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फिर्ता लिएको छ । बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकता कायम राख्न त्यस्तो निर्णय गरेको एमाले संसदीय... पुरा पढ्नुहोस
बहुमतको सरकार गठनको आज अन्तिम दिन, बिपक्षी गठबन्धनको अझै बहुमत पु¥याउन सकेनन्
- 4 बर्ष, 7 महिना अगाडि
- ३० बैशाख २०७८, बिहीबार
काठमाण्डौ ३० वैशाख । दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै छ । तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न सकिरहेको छैन । सत्ता समीकरणमा निर्णायक जस्तो देखिएको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठनको विषयमा दुई धारमा बिभाजित भएपछि... पुरा पढ्नुहोस
गलकोट नगरपालिकामा अक्सिजन सहितको ११ शय्याको आइसोलेशन निर्माण
- 4 बर्ष, 7 महिना अगाडि
- २९ बैशाख २०७८, बुधबार
थम्मन थापा बागलुङ २९ वैशाख । गलकोट नगरपालिका वडा नम्बर ५ मा ११ शय्याको अक्सिजनसहितको आइशोलेसन निर्माण गरिएको छ । गलकोट नगर अस्पतालमा कोरोनाको पहिलो चरणको स्थापना गरिएको कोभिड अस्पतालाई स्तरोन्नति गरि अक्सिजन बनाइएको हो । जहाँ पाँच शैया मात्रै थियो । नगरपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै ११ शय्याको आइशोलेसन... पुरा पढ्नुहोस
बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुईको मृत्यु
- 4 बर्ष, 7 महिना अगाडि
- २९ बैशाख २०७८, बुधबार
बागलुङ २९ वैशाख ।बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो । ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन... पुरा पढ्नुहोस
ओडारमा मृत अबस्थामा फेला परेका देविस्थानका धजेन्द्रको हत्या भएको रहस्य खुल्यो
- 4 बर्ष, 7 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
म्याग्दी २८ वैशाख । हराएको १२ दिनपछि ओडारमा शव फेला परेका म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका धजेन्द्र पुनको हत्या भएको रहस्य खुलेको छ । २०७८ वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्रको वैशाख २५ गते देबिस्थानको मार्चुला सामुदायिक बनको बराहथानस्थित ओडारमा ढुङ्गाले अठ्याएको अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी... पुरा पढ्नुहोस