मुलुक

उपाधिका लागि म्याग्दी र पर्वत भिड्ने

म्याग्दी, ७ फागुन । पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा म्याग्दी र पर्वत भिड्ने छन् । पोखरा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा म्याग्दीले तनहुँलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । म्याग्दीले तनहुँमाथि २५(११,२५(१९ र २५(१३ को सेटमा पराजित गर्यो ।... पुरा पढ्नुहोस

पत्रकारिता क्षेत्रका विकृतिलाई सुधार गर्नेतर्फ मेरो अर्जुनदृष्टि छः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, विसंगतीलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाई गरिमालाई उच्च राख्नुतर्फ... पुरा पढ्नुहोस

यस्तो छ भागरथी हत्याको टाइमलाइन : कुकुर आउने भएपछि गोठालो गए आरोपित

गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेको छ । भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएका छन् । स्थानीय सनातम धर्म माविमै कक्षा ११ मा... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे सुरु (फाेटाे फिचर)

कमल खत्री म्याग्दी ४ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे गर्न सुरु भएको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गर्न सुरु भएको हो ।म्याग्दीमा बेनी नगरक्षेत्र बाहिर गाउँपालिका... पुरा पढ्नुहोस

आज ‘श्रीपञ्चमी’ पर्व मनाइँदै

म्याग्दी ४ फागुन । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।... पुरा पढ्नुहोस

नेपालमा पश्चिमी वायुको प्रभाव कायमै

काठमाण्डौ ३ फागुन । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश न १, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली र गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार देशभर आंशिक देखि सामान्य बदली... पुरा पढ्नुहोस

नेकपा नेत्री रामकुमारी झाँक्री रिहा

काठमाण्डाै, २९ माघ ।   नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेकाे हो ।   राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो । पुरा पढ्नुहोस

भागिरथीको बलात्कारसंगै हत्यामा संलग्नलाई कारबाहीको माग

म्याग्दी, २९ माघ । जिल्लामा विभिन्न राजनीतिक दलहरुमा आवद्ध महिलाहरुको संगठनहरुले बैतडीकी १७ बर्षिय भागिरथी भट्टको बलात्कार र हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गदै बेनीमा विरोध ¥याली गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडीबाट सुरु भएको ¥याली बेनी बजार परिक्रमा गरेर विरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । अन्तरपाटी... पुरा पढ्नुहोस

जनता लिएर सिंहदरबार र बालुवाटार घेर्नु नपरोस् : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली ठगी धन्दामा लागेको बताएका छन् । बुधबार ओलीको प्रतिगामी कदमको विरोधमा आयोजित बृहत सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले माधव नेपाल र आफु लगायतका धेरै नेताहरुलाई झुठ कुरा गरेर र ढाँटेर गल्ती गरेको बताए । उनले ओलीको प्रतिगामी कदम पछिको... पुरा पढ्नुहोस

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

माघ २७ काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न मंगलबार निर्वाचन आयोगबाट सिधै शितल निवास पुगेका थिए । निर्वाचनबारे विवाद भइरहेका बेला आयोगमा पुगेर निर्वाचन प्रक्रिया निरन्तर जारी राख्न भनेका प्रधानमन्त्री ओली आयोगबाट शितल निवास पुगेका हुन् । राष्ट्रपतिसँगको... पुरा पढ्नुहोस