ताजा अपडेट

ज्येष्ठ नागरिकहरुलाई सहकारीद्वारा फलफुल वितरण

म्याग्दी, २६ साउन ।  महिलाहरुको आफ्नै सक्रियता र व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार फलफुल वितरण गरेको छ । सहकारीको सामाजिक कार्य अन्तर्गत सञ्चालनमा रहेको मुठ्ठीदान कार्यक्रममार्फत गलेश्वरस्थित वृद्ध आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण गरिएको हो । सहकारीले मौसम अनुकुल हुनेगरी ज्येष्ठनागरिकलाई स्याउ,... पुरा पढ्नुहोस

मैत्रीपूर्ण फुटसलको उपाधी म्याग्दी जेसीजलाई

सन्दीप खत्री म्याग्दी । शनिबार बागलुङमा आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी म्याग्दी जेसीजले हात पारेको छ । बागलुङ जेसीजको जेसीज सप्ताह अन्तर्गत आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा आयोजक बागलुङलाई २ का विरुद्ध ७ को फराकिलो गोल अन्तरले हराउँदै उपाधी जितेको हो । म्याग्दी, बागलुङ र पर्वत जेसीजको एक आपसमा... पुरा पढ्नुहोस

लायन्स अफ बेनी पिस सिटिद्धारा रत्नेचौरको लक्ष्मीहरि मन्दिरमा रोपियो बोधिबृक्ष

म्याग्दी, २६ साउन । लायन्स क्लव अफ बेनी पिस सिटिले रत्नेचौरको लक्ष्मीहरी मन्दिरमा बहुमुल्य बोधिवृक्ष रोपेको छ। विभिन्न क्षेत्रमा क्रियाशिल सिटिद्धारा बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित लक्ष्मीहरि मन्दिर क्षेत्रमा पहिलो चरणमा ३० गोटा विरुवा रोपिएको हो । कार्यक्रममा क्लवका अध्यक्ष लोकेश पुन मगर र संस्थापक अध्यक्ष राजेश शाक्यले वडा अध्यक्ष टेक... पुरा पढ्नुहोस

राखु समाज काठमाण्डौद्वारा रक्तदान

म्याग्दी, २६ साउन । राखु समाजकल्याण समिति काठमाण्डौद्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । समितिको बार्षिक कार्यक्रममा अन्र्तगत शनिबार रक्तदान शिविर आयोजना गरिएको हो ।राखु समाज काठमाण्डौका अध्यक्ष पुर्व प्रहरी उपनिरिक्षक प्रेम मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आथिथ्यता मुटुरोग विशेषज्ञ प्रोफेशर डाक्टर रवी मल्लको उपस्थितमा नया... पुरा पढ्नुहोस

पाखापानीमा प्रहरीको नागरीक सुनुवाई

पाखापानी २६ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीकाबासिन्दाले गाउँका कार्यालयमा कर्मचारी नबसेको र प्रहरीको गस्ती कम भएको गुनासो गरेका छन् ।जिल्लाप्रहरी कार्यालयले शुक्रबार पाखापानीमा आयोजना गरेको नागरीक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयबासीहरुले विकृती, अपराध र चोरी निकासी नियन्त्रणका लागिप्रहरीले गाउँगाउँमा गस्ती बढाउनुपर्ने सुझाव दिएका हुन् । स्थानीयबासी दप्रसाद पाईजा, गौबहादुर... पुरा पढ्नुहोस

‘उमेरले छेकेन विद्यार्थी बन्न’ : आमाहरुको पढ्ने धोको पुरा हुँदै

धिरन खत्री, शिशिर/म्याग्दी २५ साउन । ५३ बर्षिय दिलमया पुनको दैनिकी हिजोआज फेरिएको छ । घरायसी काममा दैनिकी बिताउने गरेकी बेनी नगरपालिका–८ क्याम्पसचोक बस्ने पुन अहिले विद्यार्थी बनेकी छन् । बेनपा–३ डोले स्थायी घर भएकी पुन गत बैशाख देखि कक्षा १ मा भर्ना भएर औपचारीक अध्ययनमा लागेकी हुन् । सानो... पुरा पढ्नुहोस

मुख्यमन्त्री गुरुङद्धारा रघुगंगा जलविद्युतको अवलोकन, विकासमा ढिलासुस्ती सह्य नहुने चेतावनी (फोटो फिचर)

म्याग्दी, २५ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वाधार आयोजनामा हुने ढिलासुस्ती हटाउन सार्वजनीक खरिद ऐनको संसोधन आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले शुक्रबार गलेश्वरमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री गुरुङले फितलो नितीगत ब्यवस्था, प्रक्रियामुखी कर्मचारी र प्राबिधिक तथा निर्माण ब्यवसायीको लापरबाहीका कारण पूर्वाधार आयोजनामा... पुरा पढ्नुहोस

पुल नहुँदा दोसल्ले र महभिरका स्थानीय समस्यामा, बालबालिकालाइ जाेखिम माेलेर स्कुल जानुपर्ने बाध्यता (फोटो फिचर)

म्याग्दी, २६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले र महभिरका बासिन्दा स्थानीय भरमला खोलामा झोलुङ्गे पुल नहुँदा समस्यामा परेका छन् । टिकोट हुँदै बग्ने भरमला खोलामा झोलुङ्गे पुल नहुँदा स्थानीयबासीलाई आवत जावतमा समस्या भएको हो । बर्षातसंगै खोलामा पानीको सतह बढ्ने र वारपारको लागि सुविधा नहुँदा खोलाबाटै जोखिम मोलेर वारपार... पुरा पढ्नुहोस

लुलाङका नगीन विकको आँखामा आएको समस्याको उपचारमा जटिलता

म्याग्दी, २५ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङका ८ बर्षिय नगिन विकको आँखाको बाहिरी भागमा मासु पलाएपछि उपचारमा समस्या भएको छ । स्थानीय लमसुङ माविको कक्षा ३ मा अध्ययनरत विकको गत बैशाखदेखि दाइनेतर्फको आखाँको बाहिरी भागमा मासु पलाएको थियो । सुरुमा सामान्य सुनिएपनि क्रमीक रुपमा त्यो मासु पलाउँदै गएर आँखा... पुरा पढ्नुहोस

सम छन्त्यालको साँगेतिक पहिलो कोसेली ‘आकाश यहि हो..’ (भिडियाे सहित)

म्याग्दी, २५ साउन । म्याग्देली चेली सम छन्त्यालको पहिलो साँगेतिक कोसेली ‘आकाश यहि हो..’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक उक्त गीतमा छन्त्यालसँगै शशी लामाले पनि पहिलो पटक स्वर दिएका छन् । बुढासुब्बा डिजिटल प्रालि मार्फत सार्वजनिक गीतको म्युजिक भिडियो छोटो अवधीमै लोकप्रिय बन्न पुगेको छ । अष्ट्रेलियाको... पुरा पढ्नुहोस