ताजा अपडेट

स्मल हेभन मन्टेश्वरीको उद्घाटन

म्याग्दी, १७ भदौँ । सदरमुकाम बेनीमा रहेको माउण्ट एभरेष्ट आवासिय विद्यालय अन्तर्गतको स्मल हेभन मन्टेश्वरीको उद्घाटन गरिएको छ । विद्यालयद्धारा सञ्चालित मन्टेश्वरीको आइतवार समाजसेवी गोविन्द्र नरसिङराज भण्डारी र भद्रकुमारी श्रेष्ठले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । विद्यालयले हुलाकचोक स्थित रेडक्रसको भवनमा बालमैत्री पुर्वाधार निर्माणका लागि पचास लाख लगानी गरि मन्टेश्वरी... पुरा पढ्नुहोस

वैदेशीक रोजगारिको पिडा : रक्तचापले कुबेतमा अचेत भएका राखुका गणेश किसान एक महिनादेखि अस्पतालमा

म्याग्दी, १७ भदौ । रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) कुबेतमै ढले । रक्तचापको समस्याले उनी प्रवासमै अचेत भएर ढलेपछि उनलाई उपचारको लागि हस्पीटल भर्ना गरीएको छ । गत साउन ६ गते अकस्मात गम्भिर स्वास्थ्य समस्या आएपछि उनलाई कोमामा राखेर उपचार गरिएको थियो । २ हप्तापछि सामान्य होसमा आएका... पुरा पढ्नुहोस

पर्यटन प्रर्वद्धनका लागि रुईसेमा तिज विशेष कार्यक्रम (फोटोफिचर)

म्याग्दी, १७ भदौँ । रघुगंगा गाँउँपालिकाको प्रमुख पर्यटकियस्थल रुईसे–भेडिओढारमा पर्यटन प्रवद्र्धनका लागि तिज विशेष एवम् दर खाने कार्यक्रम शनिबार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजना, वडा २ को ब्यवस्थापन र आमासमुहको सहयोगमा रुईसेमा तिज विशेष प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाभित्र रहेको मौलिक भेषभुषामा सजिएर १४ टिम आमासमुह सहभागिता... पुरा पढ्नुहोस

पहिरोले बाटो बगाएपछि युवाहरुले बनाए पदमार्ग (फोटो फिचर)

बेनी, १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा पहिरोले बाटो बगाएर जोखिमपूर्ण तवरले आवत जावत गर्नुपर्ने बाध्यता हटाउन युवाहरुले पदमार्ग बनाएका छन् । गलेश्वर हुँदै पिप्ले जाने बाटो अन्र्तगत सेतीपखरामा पहिरोले बाटो नै बगाएपछि आवत जावतमा समस्या भएको थियो । तिजको अवसरमा आवतजावत बढी हुने र पहिरोले बाटो बगाएपछि स्थानीय... पुरा पढ्नुहोस

गिद्ध सम्बन्धि चित्रकला प्रतियोगिता

बेनी १७ भदौ । जलजला गाउँपालिका ५ स्थित प्राकृतिक सम्पदा संरक्षण संस्थाको आयोजनामा अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसको अवसरमा शनिबार चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । लेकफाँटमा रहेका विद्यालयहरुको प्रावि स्तरीय प्रतियोगितामा पञ्चपुल आधारभुत विद्यालयकी सुमित रेग्मी प्रथम, गिद्धेश्वर आधारभुत विद्यालयका विपीन गर्बुजा दितृय, शिवालय आधारभुत विद्यालयकी अञ्जना पौडेल तितृय... पुरा पढ्नुहोस

खेल पूर्वाधारमा प्राथमिकता दिनुपर्ने सांसद केसीको भनाई

बेनी १७ भदौ । गण्डकी प्रदेशका सांसद बिनोद केसीले खेलकुदको विकासका लागि पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । राधाकृष्ण सामुदायीक कल्वले बेनपा २ गौस्वारामा आयोजना गरेको कृष्ण जन्माष्टमी पर्वको अवसरमा आयोजित खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गर्नुहुदै सांसद केसीले नेपाललाई विश्वमा चिनाउने माध्यम खेलकुद भएको बताउनुभयो । उहाँले ब्यवस्थित खेलमैदान... पुरा पढ्नुहोस

लायन्स क्लबको तीज तथा कानुनी सचेतना कार्यक्रम

म्याग्दी, भदौ १६ । लायन्स क्लब अफ म्याग्दी दोभानको आयोजनामा शनिबार सदरमुकाम बेनीमा तीजको अवसरमा नयाँ कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । संस्कृति जगेर्नाका लागि तीज कार्यक्रम–२०७५ तथा नयाँ कानुनी सचेतनासम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले कला र संस्कृति अमुल्य सम्पति भएकाले... पुरा पढ्नुहोस

मार्कण्ड्य सहकारीको तेस्रो साधारणसभा

म्याग्दी, भदौ १७। पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा सञ्चालित मार्कण्ड्य उद्यमसिल सहकारी संस्थाको शनिबार तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । कुल २२५ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी २७ लाख ९४ हजार, लगानी ५६ लाख ७५ हजार ४३० र कुल कारोबार ६५ लाख २१ हजार ८४५... पुरा पढ्नुहोस

म्याग्दी उद्योग बाणिज्य संघको साधारणसभा : गण्डकी प्रदेश समृद्धिको दिशातर्फ अगाडी बढेको मन्त्री लम्सालको भनाई ( फोटो फिचर)

बेनी, १६ भदौ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले समृद्धि र विकासको यात्रामा प्रदेश सरकार अगाडी बढेको बताउनुभएको छ । प्राकृतिक सम्पदा, पर्यटकीय सम्भावना, धार्मिक तथा ऐतिहाँसिक स्थल र कला संस्कृतिले भरीपूर्ण गण्डकी प्रदेशलाई विकसित र समृद्ध बनाउने मुख्य लक्ष्य सहित सरकार अगाडी बढेको उहाँको... पुरा पढ्नुहोस

दरवाङ म्याग्दी खोलाको वित्तिय व्यवस्थापन

बेनी १६ भदौ । मालिका गाउँपालिकामा निर्माण हुन लागेको २५ मेगावाट क्षमत्ताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन भएको छ । धौलागिरी कालिका हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा सानीमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । आयोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तिनाथ बैंकले अधिकतम ७० प्रतिशत... पुरा पढ्नुहोस