ताजा अपडेट

सुध्रिएनन् बेनीका मासु पसल, गुणस्तरहिन मासु बेच्दै

प्रताप बानियाँ / म्याग्दी, ८ जेठ । पटकपटक अनुगमन गरेर सचेत हुन आग्रह गरे पनि म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित विभिन्न प्रकृतिका मासु पसलहरु अझै सुध्रिन सकेका छैनन् । सोमबार बेनी नगरपालिका कार्यालयको आयोजना र पशु सेवा शाखाको वार्षिक कार्यक्रम अनुसार गरिएको अनुगमनका क्रममा बजारमा रहेका मासु पसलको हालत पुरानै अवस्थाको रहेको... पुरा पढ्नुहोस

धौलागिरी आधार शिवीरको फोहोर हटाइयो (फोटो फिचर)

म्याग्दी ८ जेठ । संसारको सातौ (आठ हजार १६७) मिटर अग्लो धौलागिरी हिमालको आधार शिवीरको फोहोर हटाइएको छ । धौलागिरी गाउँपालिका ४ बगर गाउँका बासिन्दाले आरोही, पदयात्री, पर्यटक मजदुर, भरीया र तिनका सहयोगीले फालेका फोहोरलाई ब्यवस्थापन गरेर आधार शिवीरको सरसफाई गरेका हुन् । धौलागिरी आधार शिवीरमा बर्षौदेखि थुप्रिएको फोहोर ईटली... पुरा पढ्नुहोस

अन्नपूर्णमा उद्योग वाणिज्य संघको ईकाईः अध्यक्षमा कर्माचार्य

पोखरेबगर ७ जेठ । म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तहमा संस्थाको संरचना विस्तारलाई तिब्रता दिएको छ । यसअघि मालीका गाउँपालिकाको दरवाङ र मंगला गाउँपालिकाको बाबियाचौरमा सञ्जाल विस्तार गरेको संघले सोमबार अन्नपूर्ण गाउँपालीका स्तरीय संघको ईकाई गठन गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको सो क्षेत्रका उद्योगी ब्यवसायीहरुको भेलाले दशरथकुमार कर्माचार्यको... पुरा पढ्नुहोस

मालिकामा मेलमिलाप सम्बन्धि आधारभुत तालीम सुरु

म्याग्दी ७ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सोमबारदेखि जनप्रतिनिधिहरुको लागि मेलमिलाप सम्बन्धि आधारभुत तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा ८ दिनसम्म सञ्चालन हुने तालीममा सबै जनप्रतिनिधि र अगुवा गरी ४२ जनाको सहभागीता रहेको छ । बस्ती स्तरमा हुने झैझगडा, बिवादलाई वडामै मिलाएर सामान्य विषयमा गाउँपालिका, प्रहरी, प्रशासन, अदालत... पुरा पढ्नुहोस

गलेश्वरमा योगदर्शन सम्बन्धि ५ दिने मन्थन सुरु

म्याग्दी, ७ जेठ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा आधुनिक युगमा अध्यात्म, महर्षि पतञ्जलीकृत योगदर्शन सम्बन्धि ५ दिने मन्थन गोष्ठी सुरु भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको सह–आयोजना र नविन आनन्द योग केन्द्र र शाखा समिति गलेश्वरको आयाेजनामा भएको उक्त कार्यक्रमको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले उद्घाटन गर्नुभयो... पुरा पढ्नुहोस

नगरपालिका स्तरीय शैक्षिक अन्तरक्रिया सम्पन्न

सन्दिप शर्मा/म्याग्दी । बेनी नगरपालिकाको आयोजनामा सोमबार वडा नंम्वर २ भकुन्डेमा रहेको अर्जुन मावि स्रोत केन्द्रमा नगरपालिका स्तरीय शैक्षिक अन्तरक्रिया तथा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै बेनी नगरपालिकाको उपप्रमुख सञ्जु बरुवालले नगरपालिका भित्र भएका सरकारी विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि अन्तरक्रिया कार्यक्रम गरिएको र कार्यक्रममा आएका... पुरा पढ्नुहोस

मुश्लिम समुदायद्धारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

म्याग्दी, ७ जेठ । म्याग्दीका मुश्लिम समुदायले विभिन्न ६ बुदेँ माग राख्दै जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार मुश्लिम समुदायले आफ्ना पर्वहरु इदुलफित्र, बकरइद लगायत संविधानको मर्म अनुसार समानुपातिक समावेशीका आधारमा राज्यको हरेक निकायमा प्रतिनिधित्व हुनुपर्ने, वर्तमान सरकारमा मुश्लिम समुदायलाई समावेश नगरेको... पुरा पढ्नुहोस

ट्याङकी बन्यो, पानी आएन

मुक्तिनाथ  । पवित्र धार्मिकस्थल मुक्तिनाथ आसपास रानीपौवा र पुराङ गाउँमा एकसय २० घरधुरी वशोवाश छ । साना ठुला गरि २० भन्दा बढी त होटल नै सञ्चालित रहेका छन् । तर, पानीको अभावमा उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । भारतीय राजदुताबासको सहयोगमा एक करोड ३ लाख रुपैयाँमा खानेपानी आयोजना सुरु... पुरा पढ्नुहोस

भगवतीमा विधुत सट भएर घरमा आगलागी हुदाँ २५ लाखको क्षती

म्याग्दी, ७ जेठ । विधुत सट भएर घरमा आगलागि हुदाँ रघुगंगा गाउँपालिका २ राखु भगवती खड्कमारेमा (घुमाउनेघर) २५ लाखको क्षेती भएको छ । विहान ७ बजे विद्युत सट भएर आगलागि हुदाँ जगिन्द्र भण्डारीको घरसंगै नगद समान जलेर सो बराबरको क्षती भएको हो । विद्युत सट भएर आगलागि हुदाँ जगिन्द्र भण्डारीको... पुरा पढ्नुहोस

भुरुङ तातोपानीका बाढी पिडितलाई सहयोग प्राप्त हुन थाल्यो

म्याग्दी, ६ जेठ । अन्नपूर्ण गाउँपालिका २ भुरुङ्गतातोपानीमा एक हप्ता अघिको बाढीबाट पिडित भएकाहरुको लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुन थालेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र वडा अध्यक्ष ओमप्रकाश फगामीको नाममा भुरुङ तातोपानीका पिडित र सम्भावीत विपद्को व्यवस्थापन तथा राहतका लागि सहयोग जुटाउन गरिमा विकास बैंकको पोखरेबगर शाखामा... पुरा पढ्नुहोस