क्याम्पस सभा बाट बिधान संसोधन

  • २२ भाद्र २०७५, शुक्रबार
  • 3082 पटक पढिएको

बेनी २२ भदौ । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्सको शुक्रबार समपन्न १८ औ क्याम्पस सभाले सञ्चालक समितिको पदाधीकारी चयन सम्बन्धि बिधान संसोधन गरेको छ । सभाले सञ्चालक समितिको पदाधीकारी चयनका लागि त्रिभुवन विश्वविद्यालय अनुकुलको व्यवस्था गर्ने प्रस्ताव पारित गरेको हो । यसअघि क्याम्पस सभाले सिफारीस गर्ने तिनजना एक जनाको नाम त्रिवीले स्वीकृत गरेपछि अध्यक्ष चयन हुने व्यवस्था थियो ।

बिधान संसोधन गरेर क्याम्पस सभाबाटै अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष लगायत पदाधीकारी चयन गर्न सकिने नितीगत बाटो खुल्ला गरिएको हो । त्रिवीले आफ्ना आंगिक सामुदायीक र निजी विद्यालयहरुलाई बिधान संसोधन गरी २०७५ असोज २ गते सम्मको म्याद दिएको थियो । सभाले अध्यक्ष बालकृष्ण सुवेदी, सदस्य सचिव क्याम्पस प्रमुख टिकाराम सापकोटाको प्रगति र कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन पारित गरेको छ । क्युएए फोकल पर्सन गोरखबहादुर जिसीले क्युएएको बारेमा जानकारी गराउनु भएको थियो ।


साधारणसभाको उद्घाटन गर्दै प्रदेश सांसद बिनोद केसीले म्याग्दी बहुमुखी क्याम्पस सुधारको बाटोमा अघि बढेकोमा खुसी व्यक्त गर्दै प्राथमिकता निर्धारण गरेर योजना तय गर्न आग्रह गर्दै योजना कार्यान्वयनमा प्रदेश सरकारसंग समन्वय र पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमका वत्ताहरुले क्याम्पसको शैक्षिक गुणस्तर सुधारमाजोड दिनुभएको थियो ।

नेकपाका नेता गोविन्द पौडेल, नेपाली काँग्रेस म्याग्दीका उपसभापती माधव प्रसाद रेग्मी, प्रजिअ लिलाधर अधिकारी, प्रध्यापक संघका भोलानाथ घिमीरे, धवलागिरी माविका प्रअ दण्डपानी सापकोटा र स्ववीयुका कार्यबाहक सभापति ईश्वर सुवेदीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।