बुद्ध एकेडेमीद्धारा सुरेशको उपचारका लागि १४ हजार ६ सय सहयोग

  • २३ भाद्र २०७५, शनिबार
  • 2107 पटक पढिएको

म्याग्दी, २३ भदौ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा अवस्थित बुद्ध एकेडेमीले मंगला गाउँपालिका ५ का मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि शुक्रवार १४ हजार ६ सय ६० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विद्यालयमा गठन भएको जुनियर रेडक्रस सर्कल,विद्यालय र शिक्षक शिक्षिकाहरुबाट संकलित सो रकम विद्यालयका प्रवन्धक/निर्देशक राजकुमार थापा र नि.प्रिन्सिपल धु्रबसागर शर्माले परोपकारी संस्था ओमकुमारी शान्ति कोषले संचालन गरेको सुरेश सहयोग समितिका संयोजक डकवहादुर रोकालाई हस्तान्तरण गर्नुभएको हो ।

दुवै मृगौलाले काम गर्न छोडेपछि हाल टिचिङ अस्पताल काठमाण्डौंमा उपचार गराइ रहेका १९ वर्षिय छन्त्यालका परिवारको आर्थिक अवस्था कमजोर भएका कारण परोपकारी संस्था ओमकुमारी शान्ति कोषले भदौ ५ गतेदेखि सहयोग संकलन अभियान सुरु गरेको हो ।