सुरेशको उपचारका लागिपचास हजार भन्दा बढी सहयोग
- २२ भाद्र २०७५, शुक्रबार
- 1653 पटक पढिएको
बेनी २२ भदौ । मंगला गाउँपालिका ५ का मृगौला पिडित सुरेश छन्त्यालको उपचारका लागि शुक्रबार ५२ हजार ८४२ रुपैया आर्थिक सहयोग प्राप्तभएको छ । दुवै मृगौलाले कामगर्न छाडेपछि हाल टिचीङ हस्पीटल काठमाडौमा उपचार गराईरहेका १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण परोपकारी संस्था ओमकुमारी शान्ति कोषले भदौ ५ गतेदेखि अभियान सुरु गरेको थियो ।
सुरेशको उपचारका लागि हाल सम्म देश बिदेशबाट सातलाख रुपैया सहयोग जुटेको अभियानका संयोजक डकबहादुर रोकाले जानकारी दिनुभयो । बेनपा २ बगरफाँट स्थित वुद्ध एकेडेमी, त्यहाँको जुरेस, शिक्षक र कर्मचारीहरुले १४ हजार ६६० रुपैया सहयोग गरेका छन् । मंगला गाउँपालिका १ तुसारेपानीका सलीना राम्जाली र अलीसा राम्जालीले जन्मदिनको अवसर पारेर पाँच, पाँचहजार रुपैया सहयोग गर्नुभएको छ । हाल अस्टे«लीयामा रहनुभएका मंगला ४ का ओमप्रकाश रोकाले १९ हजार १८२ रुपैया उपलब्ध गराउनुभएको छ ।
यसैगरी मलेसीयामा रहनुभएका मंगला गाउँपालिका १ पूर्णगाउँका जाल राम्जालीले दशहजार दश रुपैया सहयोग गर्नुभएको छ । सहयोगदाता र उनिहरुका आफन्तहरुले कोषका सदस्य सन्तोष गौतम, सन्दि पखत्री, संयोजक रोका र आजिवन सदस्य भोजबहादुर रिजाल मार्फत सुरेशकी आमा सितालाई उपलब्ध गराउनुभएको थियो । यस अघि बिहीबार एक लाख ५६ हजार ६४७ रुपैया सहयोग प्राप्त भएको थियो । मंगला गाउँपालिका ४ पखेरमा शुशिला रोकाको पहलमा आठ हजार ६१०, बरंजा खानीगाउँका खिम छन्त्यालबाट पाँचहजार ५५५, बेनी क्याम्पसचोककी गिता भण्डारीबाट दुई हजार पचास, जनजागरण युवा कल्वको पहलमा साउदीमा रहेका कमल बुढाथोकी र त्रिमान थापाबाट ७० हजार १५५, जापानमा रहेका नविन थापाबाट दशहजार ६२६, बहराईन पब्लिक ट्रान्सपोर्ट कम्पनीका किरन मगरको पहलमा २२ हजार ६०१ रुपैया सहयोग प्राप्त भएको छ ।
यसैगरी तातोपानी घर भई हाल पोर्चुगलमा रहेका जिवनपुन, उहाँकी दिदीहरु टिका पुनगर्बुजा र सितापुन शेरचनबाट सातहजार १००, मोना कतारका उपाध्यक्ष किरन शाहीबाट दुई हजार र साउदी अरबमा रहेका सुर्केमेलाका बाबुराम बिकको पहलमा ३१ ह्जार पचास रुपैया सहयोग प्राप्तभएको छ ।