निजामती सेवा दिवसको अवसरमा रक्तदान

  • २२ भाद्र २०७५, शुक्रबार
  • 1895 पटक पढिएको

बेनी २२ भदौ । निजामती सेवा दिवस २०७५ को अवसरमा शुक्रबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।दिवस मुल समारोह समिति र निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियनले नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालीत रक्तसञ्चार केन्द्रसंगको समन्वयमा कार्यक्रम आयोजना गरेको हो । बेनी अस्पताल परिसरमा आयोजित कार्यक्रममा निजामती कर्मचारी र सुरक्षाकर्मीहरुले रक्तदान गरेका थिए ।
प्रजिअ लिलाधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले निजामती सेवा सेवाग्राहीमैत्री बन्नुपर्ने बिचार व्यक्त गर्नुभयो । जिल्ला न्यायाधिश राजकुमार कोईरालाले दिवसहरुलाई रचनात्मक र सिर्जनशिल तरीकाले मनाउनुपर्ने बताउनुभयो ।
निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियन जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष चन्द्रमणी सापकोटाको अध्यक्षता र सचिव सुभाष रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष डिल्लीराम रेग्मीले बताए । दिवसको अवसरमा म्याग्दीका सरकारी कार्यालयमा सबैभन्दा पहिले पुग्ने सेवाग्राहीलाई स्वागत गरिएको थियो ।