ताजा अपडेट

नीतिको प्रभावकारी कार्यान्वयनको लागि बेनी नगरपालिकामा ज्ञापनपत्र

म्याग्दी, २६ असार । अन्तर धार्मिक संजाल म्याग्दीले समाज रहेको परम्परागत महिलाहिशां, बालविवाह, हानिकारक परम्परागत अभ्यास र लैङ्गिक विभेद विरुद्ध बनेका नीतिहरुलाई प्रभावकारी कार्यान्वयनको माग गर्दै बेनी नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । महिला हिसां विरद्ध अन्तर धार्मिक राष्ट्रिय संजाल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद शर्मा आचार्यको टोलीले नगरपालिकाकी उप–मेयर सञ्जु बरुवाललाई ज्ञापनपत्र... पुरा पढ्नुहोस

म्याग्दीका तीनजना युवालाई उत्कृष्ट युवा सम्मान

म्याग्दी, २५ असार । ‘समृद्ध नेपालका लागि, स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने नारासहित सोमबार म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला युवा समितिको आयोजनामा युवा सम्मान कार्यक्रम सम्पन्न भएको छ । युवा प्रतिभा तथा उद्यमीको खोजी र उनीहरुको कार्यलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत सम्मान गरिएको हो । म्याग्दी जिल्लामा क्रियाशिल युवाहरुमध्येबाट छनोट गरेर विभिन्न... पुरा पढ्नुहोस

रघुगंगामा पर्यटन गुरुयोजना तयार

म्याग्दी, २५ असार । रघुगंगा गाउँपालिकाले प्रसिद्ध दुई धार्मिकस्थल गलेश्वरधाम र ऋखार क्षेत्र जोड्ने पदमार्गलाई उच्च प्राथामिकता दिदै पर्यटन गुरुयोजना तयार पारेको छ । शुभारम्भ उद्यमशील नेपालको सहकार्यमा पर्यटन विज्ञ सहितको टोलीले बस्तीस्तरमा पुगेर गुरुयोजना तयार पारेको हो । गुरुयोजनाले पाँच बर्षभित्र पर्यटनको क्षेत्रमा गर्न सकिने संभावनाको विषय उजागर गरेको... पुरा पढ्नुहोस

रुमबासीको पिडाः ‘सडक निर्माणको ऋणले लालपुर्जा बन्धक’

म्याग्दी, २५ असार । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका रन बहादुर हर्मेललाई हिजोआज दिनमा भोक र रातमा निन्द्रा हराएको छ । दुर्गम गाउँ रुममा सडक सञ्जाल विस्तार गर्ने क्रममा उपभोक्ता समितिलाई वित्तिय संस्थाबाट ऋण लिने प्रयोजनको लागि आफ्नो लालपुर्जा दिएका हर्मेलको चार बर्षसम्म पनि आफ्नो लालपुर्जा फिर्ता नभएपछि समस्यामा परेका हुन्... पुरा पढ्नुहोस

जलाधार व्यवस्थापन कार्यक्रम मार्फत नौ ठाउँमा पहिरो नियन्त्रण

बेनी २५ असार । जिल्ला भुसंरक्षण कार्यालय म्याग्दीले सञ्चालन गरेको विद्युत जलाशय क्षेत्रको एकिकृत जलाधार व्यवस्थापन कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा म्याग्दीमा नौ वटा योजना तथा कार्यक्रम भएका छन् । कार्यालयले सोमबार बेनीमा आयोजना गरेको समिक्षा कार्यक्रममा जलविद्युत आयोजनाको दिगोपनाका लागि प्रभावीत क्षेत्रमा पानीको स्रोत संरक्षण, भुक्षय र पहिरो रोकथाम... पुरा पढ्नुहोस

गाउँपालीकाद्धारा तिप्ल्याङ “दुर्घटना”को छानवीन र वेपत्ताको खोजी गर्न माग

म्याग्दी २५ असार / म्याग्दीको अन्नपूर्ण गाउँपालीकाले दश दिन अघि बेनी जोमसोम सडक अन्तरगत तिप्ल्याङ खण्डमा रहस्यमय दंगले भएको दुर्घटनाको छानवीन र वेपत्ताको खोजी गर्न माग गरेको छ ।असार १४ गते दिउँसो अन्नपूर्ण गाउँपालीका– ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा... पुरा पढ्नुहोस

निस्कोटमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

म्याग्दी, २५ असार । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा आइतवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षमा सञ्चालन भएका विकास निर्माण योजना, कार्यक्रम तथा कार्यालयको सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई गरिएको हो । गाउँपालिकाको ७ वटै वडाहरुमा मालिका गाउँपालिकाको आयोजना र संगम म्याग्दीको व्यवस्थापन तथा सहजीकरणमा सार्वजनिक सुनुवाई सम्पन्न... पुरा पढ्नुहोस

बेनी नगरपालिकामार्फत सञ्चालित योजनाहरुको स्थलगत अनुगमन

म्याग्दी, २४ असार । म्याग्दीको बेनी नगरपालिकाको कार्यालयमार्फत सञ्चालित विकासे योजनाहरुको शनिबार अनुगमन भएको छ । नगरपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारी तथा स्थानीयद्वारा विकासका विभिन्न योजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको हो । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र उपप्रमुख सन्जु बरुवालको नेतृत्वमा सडक विस्तार तथा स्तरोन्नति, ठेकेदारको कामकार्वाही, विद्यालय... पुरा पढ्नुहोस

अन्नपूर्णका किसानलाई औजार र विरुवा हस्तान्तरण

म्याग्दी, २४ असार । अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको आठ वटै वडाका किसानहरुलाई कृषि औजार र विरुवा हस्तान्तरण गरेको छ । आइतबार आयोजिक एक कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगर र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले संयुक्त रुपमा किसानहरुलाई उक्त औजार हस्तान्तरण गरेका हुन् । कृषि शाखा प्रमुख गोपाल भट्टराईले जिल्लामा मै... पुरा पढ्नुहोस

कुईनेमँगले, चिमखोला र दग्नाममा योजनाको अनुगमन

म्याग्दी, २४ असार । रघुगंगा गाउँपालिकाले तीन वडा चिमखोला, कुईनेमँगले र दग्नाममा सञ्चालित योजनाका अनुगमन गरेको छ । गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारी, उपप्रमुख कमला तिलिजा, प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाई, सब–इञ्जिनियर कमल चोखाल, विषयगत शाखाका प्रमुखहरुको टोलीले तीन वडामा सञ्चालित विकास निर्माण, उपलब्ध गराएका विषयगत शाखाका अनुदान लगायतका योजनाबारे... पुरा पढ्नुहोस