रातोमाटो खन्दा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

  • १२ आश्विन २०७५, शुक्रबार
  • 1643 पटक पढिएको

म्याग्दी, १२ असोज । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा घर लिप्नको लागि रातोमाटो खन्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु भएको छ । भने तीनजना घाइते भएका छन् ।
शुक्रवार दिउँसो करिव २ बजे फापरेखत सिंचाइ कुलो नजिकै रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर बेनी नगरपालिका २ फापरखेतकी ३५ वर्षिया कल्पना बोहोराको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा निधन भएको प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिए ।

बागलुङ नगरपालिका वडा नं ५ मालिकाकी २४ वर्षिया निशा सापकोटा, २३ वर्षिया सिर्जना थापा र बेनी नगरपालिका वडा नं २ की ५० वर्षिया तेजकुमारी घिमिरे घाईते भएका छन् ।
घाइते सापकोटालाई बागलुङमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएको छ भने थापा र घिमिरेको धौलागिरि अंचल अस्पताल बागल’ङमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।