सोलेको जंगलमा बेवारीसे शव

  • १३ आश्विन २०७५, शनिबार
  • 1119 पटक पढिएको

 

बेनी १४ असोज । म्याग्दीको मालिका गाउँपालिका ४ मा पर्ने सोलेको जंगलमा शुक्रबार एक पुरुषको बेवारीसे शव भेटिएको छ ।

जंगलमा घास, दाउरा गर्न गएका स्थानीयबासीले शव देखेपछि ईलाका प्रहरी कार्यालय दरवाङलाई खबर गरेका थिए । सोलेको टाउको भन्ने ठाउँमा खोल्साको छेउमा भेटिएको उक्त शव पुरुषको भएपनि सडेको अवस्थामा रहेको सिस्नेरीका बालकुमार सुनारले बताए

दरवाङबाट पुगेको प्रहरी टोलीले शवको पहिचान र अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।