प्रेसमाथिको अंकुशले लोकतन्त्र कमजोर : काँग्रेस नेता केसी
- १४ आश्विन २०७५, आईतवार
- 2101 पटक पढिएको
बेनी, १४ असोज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले प्रेसमाथिको हस्तक्षेपले लोकतन्त्र नै खतरामा परेको बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीको सातौँ साधारण सभा तथा पाँचौ अधिबेशनको आईतवार बेनीमा उद्घाटन गर्दै नेता केसीले सो कुरा बताएका हुन् । वर्तमान सरकारले सामाजिक सञ्जाल नियन्त्रणको नाममा प्रेसमाथि नै अंकुश लगाउने काम गरेको भन्दै काँग्रेसका पूर्व सह–महामन्त्री समेत रहेका नेता केसीले प्रेसलाई स्वतन्त्र बनाउन दबाब दिने बताए । ‘‘ न्यायलय माथि हस्तक्षप र प्रेसमाथिको अंकुश लोकतान्त्रिक मुल्य मान्यता विरुद्ध छ, पत्रकारलाई स्वतन्त्र रुपमा निष्पक्ष भएर कलम चलाउने वातावरण सिर्जना गर्न सरकार गम्भिर हुनुपर्छ’’–नेता केसीले भने ।
पत्रकारीतालाई भोजन र भजन मण्डली बनाउन सरकारले प्रेसमाथि हस्तक्षप गरेको उनको आरोप छ । नेपालमा पत्रकारहरु पत्रकारको भुमिकामा मात्रै नभएर लोकतान्त्रिक आन्दोलनको पहरेदार समेत रहेको नेता केसीले बताए । ‘‘ नेपालमा लोकतन्त्र प्राप्तीको आन्दोलनमा पत्रकारको भुमिका महत्वपूर्ण थियो, अहिले संघिय गणतन्त्रको रक्षाको लागि लागि समेत पत्रकारहरु सशक्त हुनुपर्छ’’–नेता केसीले थपेका थिए । नेता केसीले आम सञ्चार माध्ययममा नेतालाई नभई नितीलाई र व्यक्तिलाई नभएर सहि विचारलाई प्राथमिकता दिन पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो । फरक प्रसंगमा नेता केसीले वर्तमान सरकारले जनतामाथि पटक पटक मुल्य बृद्धि गरि अन्याय गरेको बताउँदै निर्वाचनमा जनतासामु गरेका प्रतिबद्धतालाई नभुल्न सुझाब दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक मुल्य मान्यता विपरित अभिव्यक्तिहरु दिने गरेको आरोप लगाउँदै उनले मुलुकलाई समृद्ध बनाउने उखान टुक्कालाई व्यवहारमा कार्यान्वनय गरेर देखाउन चुनौती दिएका थिए । स्थानीय, प्रदेश र संघिय सरकारले करको सिमा निर्धारण नगर्दा जनतामा करको भार थपिएको बताउँदै उनले करको उपयोगलाई समेत हेक्का राख्न आग्रह गरे । मुलुकमा बलात्कारका घटना बढीरहेको तर्फ सरकारको ध्यानकर्षण गराउँदै नेता केसीले जनताको शान्ति सुरक्षा फितलो बन्नु दुखदायी रहेकोमा जोड दिए्का थिए । सो अबसरमा प्रेस युनियन म्याग्दीद्धारा स्थापित ‘‘प्रेस युनियन पत्रकारीता पुरस्कार–०७५’’ बाट पत्रकार हरिकृष्ण गौतमलाई नगद रु ५ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सातौ साधारण सभा तथा पाचौँ अधिवेशनमा नेपाली काग्रेस म्याग्दीका सभापति खमविर गुर्वजा, पुर्वसांसद रेशम बानियाँले समृद्ध नेपाल जनताको चाहनालाई पुरा गर्न प्रेसले सत्यतथ्य समाचार प्रकाशन प्रशासरण गर्न आग्रह गरेका थिए । बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी सुशासन बलियो भयो भने स्थानीय सरकार बलियो हुने बताउदै स्थानीय गतिविधिको सकारात्मक नकरात्मक गतिविधिमाथि कलम निरन्तर चलाउन आग्रह गरेका थिए । त्यस्तै नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, केन्द्रि सदस्य दिलीप पौडेल श्रीकान्त पौडेलले पत्रकारिताले देशको गम्भिर घटनाहरुको न्याय दिलाउन सहयोग पु¥याएको बताउदै पत्रकारिता जगतलाई गुणस्तर बनाउन स्थानीय सरकारले ध्यान दिनका लागि आग्रह गरेका थिए ।
सो कार्यक्रममा धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कमाचार्य, तरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्याल, महिला संघ म्याग्दीका अध्यक्ष विमला गौचन, पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य सन्तोष गौतम, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य, शिक्षक युनियन म्याग्दीका अध्यक्ष दुर्गाराम सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल प्रेस युनियन म्याग्दी शाखाका कार्यवाहक अध्यक्ष निर्मल खत्रीको अध्यक्षता, केन्द्रिय पारषद हरिकृष्ण गौतमको स्वागत मन्तव्य सदस्य राकेश शर्माको संचालनमा कार्यक्तम सम्पन्न भएको थियो । पाचौँ अधिवेशनबाट नेपाल प्रेस युनियन जिल्ला शाखाम्याग्दीको नया कार्यसमिति चयन गरिने छ ।