ताजा अपडेट

सहकारीद्धारा दिवंगत सेयर सदस्यका परिवारलाई सहयोग

बेनी १५ भदौ । मंगला गाउँपालिका २ बाबियाचौर स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थाले दिवंगत सेयर सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । संस्थाका कोषाध्यक्ष भुपेन्द्र खत्री क्षेत्रीको यही भदौ ५ गते भएको निधनप्रती दुख व्यक्त गर्दै सञ्चालक समितिको निर्णय अनुसार २५ हजार रुपैया नगद आर्थिक सहयोग गरेको हो... पुरा पढ्नुहोस

युवा ईञ्जिनियरहरुको नेतृत्वमा सुपर घलेम्दी निर्माण हुँदै, पिपीए सम्झौता

म्याग्दी १५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माण हुन लागेको सुपर घलेम्दी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री (पिपीए) सम्झौता भएको छ । ९.१४ मेगावाट क्षमत्ताको आयोजनाको प्रर्वद्धक कम्पनी सुपर घलेम्दी हाईड्रोपावर प्राली र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिबीच पिपीए सम्झौता भएको हो । हिउँदमा प्रति युनिट ८ रुपैया ४... पुरा पढ्नुहोस

बालिकाको उपचारमा समस्या

बेनी १५ भदौ । बेनी नगरपालिका ५ बगुवाखोलामा मलद्धार नभएकी बालीकाको जन्म भएको छ । २० वर्षिय रुवीना कार्कीकी दुई महिने छोरीको उपचारमा समस्या भएको छ । २०७५ असार १६ गते चितवनको अस्पतालमा जन्मिएका बालिकाको मलद्धार नभएको र दिसा, पिसाब एकै ठाउँबाट निस्कने समस्या छ । आर्थिक अभावका कारण छोरीको... पुरा पढ्नुहोस

दुवाडीमा नयाँ खेल मैदान

बेनी, १४ भदाैँ ।म्याग्दीको रघुगंगा–८ दुवाडीमा खेल मैदान निर्माण भएको छ । वडा कार्यालयको पाँच लाख रुपैयाँ सहयोगमा स्थानीय काली बराह युवा क्लबले नयाँ खेल मैदान निर्माण गरेको हो । पुरानो खेल मैदान र विद्यालय एकै स्थानमा हुँदा विद्यार्थीहरुको पठनपाठन समस्या सिर्जना भएकोले नयाँ खेल मैदान निर्माण गरिएको क्लबका सचिब... पुरा पढ्नुहोस

विपन्न परिवारका तिन बालबच्चाको शिक्षाको जिम्मा लियो शिखरले

म्याग्दी, १४ भदौँ । बेनी नगरपालिका–६ अर्थुङ्गे भरालेका सुकमबासी तुल बहादुर बानियाँको निधन भएपछि विचल्लीमा रहेका तिन बालबच्चाको शिक्षाको जिम्मा शिखर अर्गनाईजेशन लिमिटेडले लिएको छ । शिखर अर्गनाइजेशन र माउण्ट एभरेष्ट माविको सहकार्यमा ८ बर्षिय ईश्वरी, ६ बर्षिय सरस्वती र ४ बर्षिय गणेश बानियाँको १ देखि १२ सम्मको शिक्षा सहयोग... पुरा पढ्नुहोस

प्रसुती सेवामा सास्तीः झिँका महिलाले मागे “बर्थीङ सेन्टर”

म्याग्दी, १४ भदौ । बर्थीङ सेन्टरको सुबिधा नहुँदा म्याग्दीको दुर्गम क्षेत्रका महिलाहरुलाई सास्ती भएको छ । भौगोलिक रुपमा बिकट बस्तीका स्वास्थ्य संस्थामा प्रसुती केन्द्रको सुबिधा नहुँदा सुत्केरी हुनका लागि हजारौ खर्च गरेर सहरी क्षेत्रमा पुग्न बाध्य भएका हुन् । गरिब, विपन्न र आर्थिक रुपमा कमजोर समुदायका महिला घरमै असुरक्षित रुपमा... पुरा पढ्नुहोस

दिवंगत आमाको स्मृतिमा बेनी अस्पताललाई रु ३० लाख बराबरको डायलाइसीस मेसिन सहयोग (भिडियो सहित)

म्याग्दी, ११ भदौ । म्याग्दीका एक परिवारले दिवंगत आमाको स्मृतीमा बेनी अस्पताललाई रु ३० लाख बराबरको उपकरण मेसीन सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत आमा धनीदेवी सुवेदीको स्मृतिमा मिर्गौला पिडित रोगीहरुको उपचारमा प्रयोग गरिने डायलाइसीस मेसीन सहयोग गर्नुभएको हो । https://www.youtube.com/watch?v=nJhrgiQB4Z0&feature=youtu.be बुधवार अस्पतालमा आयोजित... पुरा पढ्नुहोस

फोक्सोको समस्याबाट थलिएकी बेगकी खिमकुमारीको जिवनरक्षाको लागि अपिल

म्याग्दी, १३ भदौ । फोक्सोमा गम्भिर समस्या देखिएर अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–१ की खिमकुमारी शर्मा (जयन्ती)को जिवनरक्षाको लागि घरपरिवारले सहयोगको अपिल गरेका छन् । बेग स्थित सिमफाँट घर भई हाल जलजला गाउँपालिका– ३ पर्वत बेनीमा बसोबास गर्दै आएकी ४२ बर्षिया शर्माको उपचारको लागि लाखौँ खर्च लाग्ने र घरपरिवारको आर्थिक... पुरा पढ्नुहोस

मृर्गौला पीडित विश्वकर्मालाई गलेश्वर योग शिविर केन्द्र मार्फत आर्थिक सहयोग

म्याग्दी १३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाकी मृगौला पिडित ३९ वर्षीया पार्वती विश्वकर्मालाई आर्थिक सहयोग भएको छ । नवीन आनन्द योग शिविर केन्द्र गलेश्वर म्याग्दीको अभियान समिति मार्फत सङ्कलित नगद ३२ हजार ६९० रुपैयाँ सहयोग गरिएको हो । दुवै मृर्गौलामा खराबी आएपछि अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेकी... पुरा पढ्नुहोस

रघुगंगा माविका विद्यार्थीलाई ट्राफिकको प्रशिक्षण

बेनी १३ भदौ । म्याग्दकिो रघुगंगा गाउँपालिका ३ पिप्ले स्थित रघुगंगा माविका विद्यार्थीहरुलाई मंगलबार ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइएको छ । विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत ५६ जना विद्यार्थी र शिक्षकहरुलाई दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले प्रशिक्षण दिइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक राजेन्द्र... पुरा पढ्नुहोस