ट्राफिक कार्यालय म्याग्दीले पहिलो चौमासिकमा १८ लाख ४० हजार राजश्व संकलन

  • ११ मंसिर २०७५, मंगलवार
  • 2167 पटक पढिएको

म्याग्दी, ११ मंसिर । म्याग्दीमा सवारीसाधन कारबाहीबाट आर्थिक बर्ष ७५÷७६ को पहिलो चौमासिकमा १८ लाख ४० हजार १०० रुपैया राजश्व संकलन भएको छ । ट्राफिक नियम विपरित सवारी साधन चलाउनेलाई कारबाही गर्दा चार महिनामा सो राजश्व संकलन गर्न सफल भएको ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ ।
पहिलो चौमासिकमा २ हजार ६ सय सवारीसाधन कारबाही हुदा सो राजश्व उठाउन सफल भएको ट्राफिक कार्यालय प्रमुख राजेन्द्र पौडेलले जानकारकी दिए । उनका अनसार सबैभन्दा बढी राजश्व संकलन दशै तिहारको समयामा भएको छ । साउनमा ६ सय सवारी कारबाहीमा ३ लाख ९२ हजार ५ सय, भदौँमा ५ सय ५० सवारी कारबाहीमा ३ लाख ५९ हजार ५०० र असोज र कात्तिकमा ५ लाख ४४ हजारको दरले रकम उठेको ट्राफिक प्रमुख पौडेलले जानकारी दिए ।

कार्यालयले लाइसन्स विना सवारी साधन चलाउने, हेलमेट विना मोटरसाइकल चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मधिरा सेवन र ट्राफिक नियम पालना नगर्ने सवारी साधनका चालकलाई कारबाही गरेको ट्राफिक कार्यालयले जनाएको छ । राजश्व संकलन बढ्नुको कारण बढी भन्दा बढी सवारीसाधनले ट्राफिक नियम पालना नगरि चलाउदाँ सो रकम संकलन भएको कार्यालय प्रमुखले जानकारी दिए ।