पोखरेबगरमा ब्यवसाय दर्ता तथा नविकरण शिविर
- १० मंसिर २०७५, सोमबार
- 1783 पटक पढिएको
बेनी १० मङसिर । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आइतबार तेस्रो कर दिवसको अवसरमा औद्योगिक परामर्श तथा दर्ता नविकरण शिविर सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट ८ जनाले उद्योग, वाणिज्य दर्ता र २० जना भन्दा बढीले परामर्श सेवा लिएका कार्यालयका खरिदार इन्द्र पौडेलले बताउनुभयो ।
३ वटा होटल र ५ वटा वाणिज्य फर्म नविकरण भएको छ । होटल दर्ता गर्ने २ जना महिला उद्यमीलाई दर्ता शूल्कमा ३५ प्रतिशत छुट दिइएको छ । ३८ हजार ६०० रुपैयाँ राजस्व संकलन भएको छ । कार्यक्रममा बरिष्ठ उद्योग विकास अधिकृत सरिता गौतमले उद्योग दर्ता, नविकरण विषयमा सहजिकरण गर्नुभएको थियो ।