विश्वकर्मा समुदायको पहिचान ‘हामी विश्वकर्मा’ म्युजिक भिडियोमा (भिडियो सहित)
- १२ मंसिर २०७५, बुधबार
- 8446 पटक पढिएको
म्याग्दी, १२ मङ्सिर । म्याग्दीका कलाकार विकास विश्वकर्माले विश्वकर्मा समुदायको पहिचान र बिशेषता झल्कने गितको म्युजिक भिडियो बजारमा ल्याउनुभएको छ । ‘हामी विश्वकर्मा’ बोलको सो गीतमा विश्वकर्मा समुदायको शिप, कला, दक्षता र बिशेषतालाई उजागर गर्न खोजिएको छ । गितमा विकास विश्वकर्मा, योगेश काजी विश्वकर्मा, कविता बराईली विश्वकर्मा र निरुता घताने विश्वकर्माको स्वर रहेको छ ।
सर्जक विकास विश्वकर्माको शब्द तथा संगीत संयोजन रहेको सो गितको म्युजिक भिडियो हिमसम्झौता डिजिटल मार्फत बजारमा ल्याइएको हो । म्युजिक भिडियोमा एकेन्द्र सारा संकरको निर्देशन, करन चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ ।
म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्क घर भई हाल बैदेशिक रोजगारको शिलसिलामा दुबैमा रहनुभएका कलाकार विश्वकर्माले यस अघि ‘सगरमाथाको देश हाम्रो नोपाल’ बोलको स्वदेश गान, लामो केश आँखा गाजलु, रुदै छिन छिन, मुटुभरी मायाँ साँच्नलाई, निसा केसीसंगको सहकार्यमा सम्झनाले साह्रै रोयो मन, शंकाको आगोले लंका जलायो लगायतका लोकदोहोरी गितहरु बजारमा ल्याईसक्नुभएको छ ।