ताजा अपडेट

यातायात व्यवसायिलाई राहतः बेनीबाट अस्थाई रुट परमिट जारी गर्न सुरु

बेनी, १३ माघ । म्याग्दीका यातायात व्यवसायिलाई अस्थाई रुट परमिट लिनका लागि बागलुङ पुग्नुपर्ने झण्झट हटेको छ । पुर्बाधार बिकास कार्यालय, म्याग्दीले मंगलबारदेखि सवारी साधनको अस्थाई रुट परमिट जारी गर्न थालेसंगै यस अघि बागलुङ गएर अस्थायी रुट परमिट लिनुपर्ने बाध्यता हटेको हो । गण्डकी प्रदेशको भौतिक पुर्बाधार बिकास मन्त्रालयको २०७७... पुरा पढ्नुहोस

राष्ट्रिय अपांग महासंघ नेपालको संघीय कार्यसमितिको बैठक बेनीमा

https://www.youtube.com/watch?v=Z7SIWDSBIBo   म्याग्दी १३ माघ । राष्ट्रिय अपांग महासंघ नेपालको संघीय कार्यसमितिको पाँचौ पूर्ण बैठक म्याग्दी सदरमुकाम बेनीमा हुन लागेको छ । माघ १४ गते बुधवार हुने बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाईएको छ । महासंघले मंगलवार पत्रकार सम्मेलन गरि बुधवार हुने संघीय कार्यसमितिको पूर्ण बैठकको सम्पूर्ण तयारी पुरा भएको... पुरा पढ्नुहोस

रघुगंगाको कोरोना अस्पतालमा पहिलो पटक डाक्टर पुगे

बेनी, १३ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा गाउँमै बसेर नियमित सेवा दिने गरि पहिलो पटक डाक्टर पुगेका छन् । पिप्लेमा स्थापना गरिएको कोरोना अस्पतालमा गाउँपालिकामै पहिलो पटक डाक्टर पुगेका हुन् । डाक्टर सन्तोषकुमार बोहोरालाई गाउँपालिकाले हालै कोरोना अस्पतालको चिकित्सकको रुपमा नियुक्त गरेको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक टिकाबहादुर शाहीले... पुरा पढ्नुहोस

सरस्वति आधारभूतका बिद्यार्थीलाई पोशाक बितरण

बेनी, १३ माघ । बेनी नगरपालिका–२ बगरफाँटमा रहेको सरस्वति आधारभूत बिद्यालयका बिद्यार्थीलाई सोमबार पोशाक बितरण गरिएको छ । बगरफाँट घर भई हाल नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा कार्यरत कृषि बैज्ञानिक टिकाबहादुर कार्कीले दिवंगत परिवारका सदस्यहरुको स्मृतिमा ७० जना बालबालिकालाई पोशाक बितरण गर्नुभएको हो । उहाँले स्वर्गीय बुवा मोतिलाल कार्की, आमा... पुरा पढ्नुहोस

मंगला क्याम्पसको नयाँ सञ्चालक समिति गठन

बेनी, १३ माघ । बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभाबाट यामबहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको छ ।समितिको सदस्यहरुमा बिनोद भट्टचन, प्रेमलाल पौडेल, रुद्र केसी, शेरबहादुर केसी, टंक बुढाथोकी, यसोदा रोका, देवी खत्री, कलदेवी घर्ति, मिना भण्डारी र बिन्दु मल्ल चयन हुनुभएको छ । नयाँ कार्यसमितिको... पुरा पढ्नुहोस

म्याग्दी उबासंघको धवलागिरी इकाईको अध्यक्षमा थापा चयन

ताकम, १३ माघ । म्याग्दी उद्योग बाणिज्य संघ अन्तरगतको धवलागिरी इकाई समितिको दोस्रो अधिवेशनबाट तेजेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । ताकममा सोमबार सम्पन्न अधिवेशनबाट इकाईको उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल, कोषाध्यक्षमा सरस्वति पौडेल र सहसचिवमा ओमकार पौडेल चयन हुनुभएको छ । इकाइको सदस्यहरुमा होमबहादुर थापा, बुद्धीबहादुर... पुरा पढ्नुहोस

जलजला गाउँपालिकाद्धारा आमा समुहलाई ढुना–टपरी बनाउने मेसिन सहयोग

बेनी १३ माघ । पर्वतको जलजला गाउँपालिकाले आमा समुहलाई ढुना –टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ । गाउँपािलकाले खरिद गरेको सो मेसिन सोमबार एक कार्यक्रमका विच गाउँपालिकाकी उपाध्यक्ष सिमा गर्बुजा पुनले वडा नम्बर ४ पाल्सिङ्ग स्थित कामना आमा समुहलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले ढुना–टपरी उद्योगबाट महिलाहरुको आयआर्जनमा सघाउ... पुरा पढ्नुहोस

म्याग्दीमा आइपुग्यो कोभिड विरुद्धको खोप

म्याग्दी १२ माघ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘कोभिसिल्ड’ खोप म्याग्दीमा समेत आइपुगेको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट रेफ्रिजेरेटर भ्यानमा पहिलो चरणमा ९४ भायल खोप जिल्लामा ल्याईएको हो । सोमबार प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका कोल्ड... पुरा पढ्नुहोस

म्याग्दीमा मतदाता नामावली अद्यावधिकको तयारी

म्याग्दी १२ माघ । म्याग्दीमा आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तहमा मतदाताको नामावली अद्यावधिक र दावि विरोधका लागि कार्यक्रम सञ्चालन गर्न लागेको हो । सरकारले मध्यावधि निर्वाचनको घोषणा गरेलगत्तै गत पुस ६ गतेदेखि मतदाता नामावली संकलन... पुरा पढ्नुहोस

हिमालयन महिला बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

म्याग्दी १२ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको हिमालयन महिला बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । महिलाहरुको लगानी र नेतृत्वमा सञ्चालित यस सहकारीको साधारण सभामा सहकारीले विभिन्न क्षेत्रमा १ करोड बढी लगानी गरेको जनाएको छ । सहकारीले गत आर्थिक बर्षमा १३ लाख ९... पुरा पढ्नुहोस