सरकारद्वारा भूमिसम्बन्धी आयोग खारेज

  • १९ श्रावण २०७८, मंगलवार
  • 887 पटक पढिएको

सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको छ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो।

भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिरहेको थियो । राताेपाटी साभार ।