बुद्ध विहारका धर्म गुरुलाई पोशाक तथा भोजन सहयोग

  • २० श्रावण २०७८, बुधबार
  • 1037 पटक पढिएको

म्याग्दी २० साउन । बेनी स्थित बुद्ध विहारका धर्म गुरुलाई ( भन्ते) पोशाक तथा भोजन सहयोग गरिएको छ । लायन्स क्लब अफ बेनी माहारानीको नियमित कार्यक्रम अन्तर्गत बुधबार धार्मिक पर्यटकीय स्थल बुद्ध विहारका धर्म गुरुलाई पोशाक तथा भोजन सहयोग गरिएको हो ।


क्लबका अध्यष रेश्मा श्रेष्ठ शाक्यको नेतृत्वमा क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले बुद्ध विहार पुगेर धर्म गुरुलाई बस्त्र तथा भोजना उपलब्ध गराएका हुन् । क्बलका बार्षिक कार्यक्रम अन्तरगत मानविय र सामाजिक सेवाका कार्यहरुलाई नियमित रुपमा गर्दै आएको क्लबका अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा म्याग्दी बौद्ध संघका अध्यक्ष यजनलाल शाक्य, क्लवका पुर्ब अध्यक्ष प्रमिला जोशी, रन्जिता शेरचन लागयत क्लबका सदस्यहरुको उपस्थित भएको थियो ।